clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
निर्वाचनमा खटाउदा ज्येष्ठता नमिलाइएको गुनासो

 

    मतदान केन्द्रहरुमा मतदान टोली खटाउने क्रममा कर्मचारीहरुको ज्येष्ठता र अनुभव नहेरीकन भनसुनका आधारमा कर्मचारी खटाएको गुनासो डोल्पाका धेरै कर्मचारीहरुले गुनासो गरेका छन् । 
   यस अघि २ वटा निर्वाचनमा मतदान अधिकृतको रुपमा खटिएर काम गरिसकेका सि.अ.हे.व. कमल बडुवालले आफूभन्दा कैयौ पछिका कर्मचारी मतदान अधिकृतमा खटाइएको तर आफूलाई सहायक मतदान अधिकृतमा राखेको गुनासो गरे । 
   त्यसै गरी आफूभन्दा धेरै पछिका सुब्बाहरुलाई निर्वाचनमा मतदान अधिकृत बनाइएको तर आफूलाई सहायक मतदान अधिकृतमा राखिएको बताए । उनका जस्तै धेरैले मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले ज्येष्ठता र अनुभवका आधारमा कर्मचारीहरुलाई खटाउनु पर्नेमा अपमानजनक तरिकाले खटनपटन गरिएको गुनासो गरेका छन् । 
   उता कर्मचारीहरुको गुनासो रहेको कुरामा आफूसमक्ष पनि आएको तर आफूहरुले त्यसरी गलत नियत राखेर नगरेको तर खटनपटनमा केही कम्जोरी भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद पौडेलले बताए । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्