clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
निर्वाचन सामग्री बल्ल डोल्पा पुग्यो

 

   मंसिर ४ गते हुन लागेको संविधानसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्रीहरु बिहिवार हेलिकोप्टरबाट डोल्पा आइपुगेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकृत लक्षु शर्माले बताए । 
   निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक मतपत्र, मतपेटी, लाहा, स्वस्तिक छाप, सिल, मतदाता नामावली सहितका सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालय डोल्पामा पुगेको भए पनि मतदाता परिचय–पत्र भने आइ नपुगेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले बताए । 
   बिहिवार बिहान ११ बजेतिर हेलिकोप्टरबाट निर्वाचन सामग्री पुगे पछि प्रत्येक मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीहरु पोका बनाउन चटारो परेको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । एउटा निर्वाचन क्षेत्र रहेको डोल्पामा ४७ वटा स्थायी र २ वटा अस्थायी गरी ४९ वटा मतदान केन्द्र रहेका छन् । 
   निर्वाचन आयोगले मतदाता परिचय पत्र दिने भने पनि अस्थायी परिचय पत्र दिने तयारी गरेको र उक्त मतदाता अस्थायी परिचयपत्र र निमन्त्रणा कार्ड सकेसम्म पुर्याउने भनेकाले छिट्टै आउने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्