डोल्पाको शैक्षिक उत्पादनले विस्तारै प्रतिप्रर्धा गरिरहेको बेला डोल्पामा एक शिक्षा शास्त्रको महाविद्यालय (क्याम्पस) थपिएको हो । त्यो हो लिकू संयुक्त क्याम्पस् ।
गत वर्षदेखि क्याम्पस संचालनका लागि, लागि पर्नु भएका जनप्रभा उच्च माध्यमिक विद्यालयका प्राचार्य रमेश शर्मा गौतमको अथक प्रयास पश्चात त्रिभुवन विश्वविद्यालय किर्तिपुरले भरखरै सम्बन्धन प्रदान गरेको छ ।
लिकू संयुक्त क्याम्पसले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन पाए पछि ६० वर्ष पुग्न केही वर्ष मात्र बाँकी रहेका रमेश शर्मा गौतमको चेहरामा यतिवेला उदियमान सूर्यको जस्तो चमक पैदा भएको देखिन्छ ।
लिकू संयुक्त क्याम्पस लिकूले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाए पछि एक सूचना जारी गरी बुधवार देखि नै स्नातक तहको शिक्षामा नेपाली, अंग्रेजी, गणित र स्वास्थ्य विषयको भर्ना समेत खोलेको छ ।
लिकू संयुक्त क्याम्पस लिकूका क्याम्पस प्रमुख रमेश शर्मा गौतमबाट जारी गरिएको उक्त सूचनामा आफ्नो क्याम्पसको पहिलो ब्याचको पहिलो कक्षा फागुनबाट सुरु हुने जानकारी गराइएको छ ।
यो क्याम्पसले सम्बन्धन पाए पछि डोल्पामा स्नातक शिक्षण गर्ने २ वटा महाविद्यालय पुगेका छन् । त्रिभुवन विश्व विद्यालयकै सम्बन्धनमा यस अघि डोल्पो क्याम्पस दुनैमा २०६१ सालमा स्थापना भई शिक्षण भैरहेको छ । यसरी विस्तारै शैक्षिक संस्थाहरुको बृद्धिले डोल्पाली समुदायमा शिक्षाको ज्वोती फैलाईरहेको छ । जिल्लामा उत्पान भएको उच्च माध्यमिक सम्मको शैक्षिक जनशक्तिलाई यी क्याम्पसहरुबाट जिल्लामै उच्च शिक्षामा परिणत गर्ने कार्य सम्पन्न हुने भएको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।
डोल्पामा स्नातक मात्र होइन यी क्याम्पसहरुमा उत्पादित विद्यार्थीहरुलाई स्नातकोत्तर तह डोल्पामै अध्ययन गर्न पाउने वातावरण बनाउनु पर्ने अवस्था आएको । केही वर्षमा डोल्पाका यी मध्य एक क्याम्पसले स्नातकोत्तर तहको समेत अनुमति वा सम्बन्धन प्राप्त गरी शिक्षण गराउछन् भन्ने आशा जिल्ला शिक्षा कार्यालय डोल्पाले लिएको जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले बताउनु भयो ।
महाविद्यालय थपिएकोमा डोल्पाबासीहरु खुसि भएको अवस्था त छ तर शैक्षिक संस्था थपिनु मात्र ठुलो नभएको र यी संस्थामा उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरता कायम गर्न समेत क्याम्पसहरुलाई चुनौति रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । स्तरियता कायम गर्न तर्फ समेत शैक्षिक संस्थाहरु र सम्बन्धित निकायहरुको ध्यान जानु पर्छ ।
Loading...





