“बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं” भन्ने नारासहित मुलुकभर बालबालिकाका क्षेत्रमा कामगर्ने विभिन्न सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका छन् । बाल दिवसका अवसरमा आज डोल्पा जिल्ला भरीका बिभिन्न स्कुलहरुमा बिििभन्न प्रकारका खेलकुद , नृत्य ,गित , नाटक प्रस्तुत गरेर दुनै , जफाल , कालीका , रिमी , काईगाउ लगाएत जिल्ला भरी बाल दिबस मनाएको स्थानिय बासिन्दाहरुले बिभिन्न गाबिसहबरुबाट बताएका छन । २०६३ देखि राष्ट्रिय बालदिवस भदौ २९ गते मनाउन थालिएको हो । त्यसअघि हरेक वर्षको भदौ ४ मा दिवस मनाइने प्रचलन थियो । सन् १९९० मा नेपालले बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको दिनको सम्झनामा भदौ २९ गतेलाई दिवसको रूपमा मनाउने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय कानुनले १८ वर्ष उमेर मुनिकालाई बालबालिका मानेको छ भने नेपालको कानुनले १६ वर्ष मुनिकालाई बालबालिकाको मान्यता दिएको छ ।
Loading...





