clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
संविधानसभा निर्वाचनका लागी एमाले डोल्पाबाट दुवै पक्षबाट छुट्टाछुट्टै नाम शिफारीश

डोल्पा जिल्लाबाट नेकपा एमालेका तर्फबाट गत भदौ १२ गते एक पक्षको बैठक बाट र आज अर्को पक्षको बैठक बसी छुट्टाछुट्टै किसिमले उम्मेदवारहस्को नाम शिफारिश गरेको छ । आज बसेको बैठकले प्रत्यक्ष तर्फ धन बहादुर बुढा र समानुपातिक तर्फ दत्त बहादुर रोकाया,अंगद कुमार बुढा,गोपाल वि.क.,चन्द्रदत्त खत्रि र सुन्तली वि.सि.को नाम शिफारीश गरेको बैठकका संयोजक हंश बहादुर शाहीले जानकारी दिनुभएको छ । त्यसै संयोजक हंशबहादुर शाहीको भाद्र १ गते देखि औचित्य समाप्त भएको भनि निवर्तमान अध्यक्षको संयोजकत्वमा बैठक बसि अर्को पक्षले भाद्र १२ गते नै बैठक वसी उम्मेदवारको नाम शिफारीश गरिसकेको हिराबहादुर रोकायाले जानकारी दिनुभयो । रोकायाका अनुसार प्रतयक्ष तर्फ अंगदकुमार बुढा समानुपातिक तर्फ जादे ऐडी,शिवकुमारी शाही, सनम छुइकी गुरुङ्ग,गोपाल वि.क. र दत्त बहादुर रोकायाको नाम शिफारीश गरेको बताउनुभएको छ । विगत लामो समयदेखि डोल्पा एमालेमा विवाद रहेको थियो ।गएको भदौ २५ गते जिल्ला अधिवेशन को तयारीमा लागेको भनिएको नेकपा एमाले डोल्पाले विवादका कारण अधिवेशन पनि गर्न सकेको छैन भने मंसिर ४ मा हुन गइरहेको आसन्न दोस्रो संविधानसभाको निर्वाचनका लागी उम्मेदवारी पनि आआफ्ना तर्फबाट नाम शिफारिश गरेको छ । यसै गरि डोल्पा जिल्लामा भएका अन्य दलहरुपनि आफ्ना उम्मेदवारहरुको नामावलि शिफारिश गर्ने तयारीमा जुटिरहेका छन् । यसविच बैद्य पक्ष माओवादी भने निर्वाचन विथोल्ने कार्यक्रमको तयारीमा जुटिरहेको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्