चक्रपात बाँयु र पानीका कारण कालीका गाबिस बडा नं ९ रिडिङ गाँउ बस्तीका ३६ घर धुरीको बर्ष भरिको जिबिको पार्जनको मुख्य बाली मकै सबै एकै छिन पुर्णरुपले क्षेति भई नष्ट भएको छ । अहिले उत्त गाँउका बासिन्दाहरु नन्दलाल थापा , जयलाल थापा , नर बहादुर थापा , बिर बहादुर थापा , बृख खत्री , परिलाल सिंह , हरि बहादुर बोहोरा , मन बिर बुढा , गोबिन्द बोहोरा , सालीराम थापा , रण बहादुर बोहोरा , बले बि.क. खर्के बि.क. लगाएत ३६ घर धुरिका स्थानिय बासिन्दाहरु यो सालको सबै परिश्रम एकैछिनको हावा हुरी र पानीले नष्ट गराए पछि बर्ष भरीको छाक टार्न गा¥हो हुने भएकोले निरास भएका छन । अहिले उत्त क्षेत्रमा सम्बन्धित निकाय र सारोकारवाला संघ संस्था तथा निकायले केहि पहल गरि केहि सहयोग गरेमा ठुलो राहात हुने स्थानिय भत्त बहादुर थापाले बताएका छन । सोहि डरलाग्दो चक्रपात बाँयु र पानीका कारण गाउ बरीपरी रहेका धुपी , सल्ला , द्यार लगाएतका रुखहरु समेत ढलेर क्षेति भएको इलाका प्रहरी कार्यलय कालीका डोल्पाले जनाएको छ । केहि समय अगाडी पनि सोहि बायुका कारण प्रत्येक घरका छतहरु हावाले उडाएर क्षेति पुर्याएको थियो ।
Loading...





