समाचार तथा गतिविधि
अमेरिकी संस्थाले विद्यालयलाई सहोग
डोल्पाको ध्रुवतारा प्राथमिक विद्यालय उपल्लोदुनैलाई अमेरिकाको एक गैरसरकारी संस्था जिएसटीएलएनसी ( GSTLNC ) ले विद्यालयमा तत्काल परेको शैक्षिक समस्यालाई समाधान गर्नका लागि नगद सहयोग उपलब्ध गराएको छ ।
अमेरिकामा जन्म भई उपल्लोदुनै डोल्पाका प्रकाश शाहीसंग विवाह गरेकी च्यासिटी शाहीले आफ्नो गाउँको यो विद्यालयलाई आफ्नो संस्थाको तर्फबाट नगद सहयोग गरेकी हुन् । उनलाई उनको संस्थाका अध्यक्ष भरत कडेलले दिन भने पछि उक्त सहयोग भएको च्यासिटी शाहीकी नन्द राजन शाहीले बताईन् ।
सहयोग सानै भए पनि अति महत्वपूर्ण रहेको उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मण कार्कीले बताए । उनले उहाँहरुबाट यसपछि अन्य ठुलो सहयोग पनि हुने आशा राखेको बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





