clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हवाई जहाज भाडा बढ्ने भयो

आइतबार बसेकेा आयोन बैठकले अगस्त १५ देखि भाडामा समावेश हुने इन्धन वापतको शुल्क बढाउने निर्णय गरेको हो । यसको स्विकृतीका लागि नागरिक उड्डयन प्राधिकरणलाई सोमबार पत्र पठाइने आयोन सदस्य प्रज्वल थापाले बताए । विमानकम्पनीले मुल्य बढाउूदा प्राधिकरणलाई ४८ घण्टा अगाडी जानकारी गराउनुपर्ने नियम छ ।

आइतबार गरिएको निर्णय अनुसार सबैभन्दा बढी धनगढीमा प्रतियात्रु ३ सय ८५ रुपैयाँ बढ्ने छ । नेपालगन्जका लागि २ सय ९० रुपैयाँ, भद्रपुर २ सय ७५, विराटनगर २ सय ३० र भैरहवाका लागि २ सय ५ रुपैयाँ इन्धन वापतको शुल्कमा बढ्ने छ । त्यस्तै पर्वतीय उडानमा ३ सय ७५ रुपैयाँ बढेको थापाले जानकारी दिए । पोखरामा १ सय ६५, जनकपुर १ सय ५०, भरतपुर १ सय ३० र सिमरामा १ सय १० रुपैयाँ बढी रकम लाग्ने भएको छ ।

प्राधिकरणले २०६७ मा हवाई भाडादर पुनरावलोकन गरी माथिल्लो र तल्लो सिमा दर परिवर्तन गरेयता प्रत्येक वर्ष आयल निगमद्वारा हवाई इन्धनमा बृद्धि गर्नासाथ जहाज उडान मंहगो हुदै गएको छ । निगमले शनिवार आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १० रुपैयाँ बृद्धि गरी प्रतिलिटिर १ सय ३० रुपैयाँ पुर्‍याएको छ ।  

वि.सं २०६७ अघि धेरै समयको अन्तरालमा मात्र विमानकम्पनीले भाडादर बृद्धि गर्थे । यसै वर्षदेखी प्राधिकरणले भाडादरबाट इन्धन वापतको शुल्कलाई छुट्टै राखेको हो । संसोधन गरेर सिमादर परिवर्तन भएपनि इन्धनमा ४ रुपैयाँ बृद्धि भएपछि भाडादरमा समायोजन गर्न पाउने व्यवस्था छ ।

साभार ः ईकान्तिपुर

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्