clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
माथिल्लो डोल्पामा करोडौं लुटपाट

तथा सर्वसाधारणहरुबाट लुटेराले करोडौं लुटपाट गरेका छन् ।
   माथिल्लो डोल्पाको साल्दाङ् गाविसको निजाल खोलामा अत्याधुनिक हतियारधारी लुटेराहरुले आइतवार रिमी गाविस चौरिकोटका जगत रोकाया, कर्णसिंह महतारा, नवराज बुढा, काइगाउँका बुद्धि रोकाया र शेरबहादुर लामा लगायतका व्यापारी तथा सर्वसाधारणहरुबाट करोडौं नगद तथा गहनाहरु लुटपाट गरेका छन् ।
   आइतवार साल्दाङ गाविसको निजाल खोलामा अत्याधुनिक अतियारधारी १० जनाको टोलीले सबैलाई नियन्त्रणमा लिई लुटपाट गरेको पीडित मध्यका बुद्धि रोकायाले बताए । उनका अनुसार जगत रोकायाको एक करोड पचास लाख, कर्णसिंह महताराको ६० लाख, नवराज बुढाको २० लाख, बुद्धि रोकायाको ६० लाख, शेरबहादुर लामाको १७ लाख र अन्यहरुबाट गरेर ६ करोडभन्दा बढि नगद र गरगहनाहरु लुटेर लगेका थिए ।
   सयौ जना व्यापारी तथा सर्वसाधारणहरु डोल्पाबाट तिब्बतको क्याटो पुगी आफूसंग भएको यार्चाकुन्भु बेचेर नगद तथा जिन्सी सामानहरु लिएर घर तर्फ फर्की रहेका थिए । यी प्रत्येकसंग कम्तिमा १५ लाख भन्दा कम नगद रकम थिएन । यी सबै लुटपाटमा परेका छन् । लुटिए पछि हेलिकोप्टरबाट दुनै पुगेका पीडितहरुका अनुसार कम्तिमा २५ करोड भन्दा बढि लुटेराहरुले लुटेर लिएका छन् ।
   सदरमुकाम दुनै भन्दा एक सय ५० किलोमिटर उत्तरमा पर्ने साल्दाङ गाविसको निजाल खोला मात्र होइन माथिल्लो डोल्पा नै नेपाल प्रहरी तथा सुरक्षा निकायको नियन्त्रण भन्दा बाहिर रहेको छ । डोल्पाको धेरै ठुलो भूभाग ओगटेको माथिल्लो डोल्पामा यसरी भएका घट्नाको जानकारी प्राप्त हुनै समस्या र जानकारी प्राप्त भैहाले पनि अनुसन्धान गर्न कठिन रहेको अवस्थाले गर्दा अपराधिहरु सजिलै उम्कने मौका पाउने गरेको र सर्वसाधारणहरु प्रहरी प्रशासनलाई खबर दिन पनि डराउने अबस्था रहेको मंगलमान महतारा बताउछन् ।
 
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्