जुफालको आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी आज अकस्मात अज्ञात रोगका कारणले विरामी परेका थिए । विद्यालयमा गएको दुइ तिन दिन देखि नै विद्यार्थीहरु विरामी हुने भइरहेको थियो । हिजो अस्ति एक दुइ जना मात्र विरामी हुने गरेको हुनाले सामान्य झै ठानी उनिहरुलाई बिदा दिएर घर जान भनिएको भए पनि आज अन्दाजी एक बजे तिर एक्कासि एकै साथ १६ जना विद्यार्थी विरामी भएको हुँदा सबैजना आश्चर्य भएको कुरा सोही विद्यालयका शिक्षक जयबहादुर बस्नेतले जानकारी दिनुभएको थियो । उहाका अनुसार विद्यार्थीहरुले एक पछि अर्को विरामी भएको कुरा बताउँदा स्वाश्थ्य चौकि जान भनेको र त्यहाँ गएर जाँच गराउँदा पनि केही सुधार नभएको हुदा केही समय विद्यालय वातावरण प्रभावित भएको थियो । । पछिल्लो समयमा यसबारे सोही विद्यालयका शिक्षक बालकृष्ण डाँगी सँग बुझ्दा विरामी भएका विद्यार्थीहरु मध्ये कसैलाइ धामी झाँक्री आउने र उनिहरु आफैले झारफुक गरे जस्तै गरि उनिहरु सन्चो भएको र अहिले सामान्य अवस्थामा सबैजना घर गएको जानकारी दिनुभएको छ । आज दिउसो जुफालको एक विद्यालयमा अनौठो खालको घटना घटेको थियो । जुफालको आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी आज अकस्मात अज्ञात रोगका कारणले विरामी परेका थिए । विद्यालयमा गएको दुइ तिन दिन देखि नै विद्यार्थीहरु विरामी हुने भइरहेको थियो । हिजो अस्ति एक दुइ जना मात्र विरामी हुने गरेको हुनाले सामान्य झै ठानी उनिहरुलाई बिदा दिएर घर जान भनिएको भए पनि आज अन्दाजी एक बजे तिर एक्कासि एकै साथ १६ जना विद्यार्थी विरामी भएको हुँदा सबैजना आश्चर्य भएको कुरा सोही विद्यालयका शिक्षक जयबहादुर बस्नेतले जानकारी दिनुभएको थियो । उहाका अनुसार विद्यार्थीहरुले एक पछि अर्को विरामी भएको कुरा बताउँदा स्वाश्थ्य चौकि जान भनेको र त्यहाँ गएर जाँच गराउँदा पनि केही सुधार नभएको हुदा केही समय विद्यालय वातावरण प्रभावित भएको थियो । । पछिल्लो समयमा यसबारे सोही विद्यालयका शिक्षक बालकृष्ण डाँगी सँग बुझ्दा विरामी भएका विद्यार्थीहरु मध्ये कसैलाइ धामी झाँक्री आउने र उनिहरु आफैले झारफुक गरे जस्तै गरि उनिहरु सन्चो भएको र अहिले सामान्य अवस्थामा सबैजना घर गएको जानकारी दिनुभएको छ ।
Loading...





