सो यार्चा खरिदको लागी पनि ब्यापारीहरु भित्रने र करोडौँ रकम लगानी गरीरहेको सार्बसाधरणले जानकारी गराएका छन । डोेल्पाका बिभिन्न हिमाली पाटनहरुमा बहिर बाट आउनेहरुको संख्या करिब ४० हजार भन्द बढी रहेको छ । जिल्ला भित्र बाहिरको तुलनामा देब्बर बढी यार्चा संकलकहरु रहेको बिगत बर्षको तत्थ्याँकले देखाएको छ । यो सिजनमा पनि सोहि आुपातमा सर्बसाधरण आएकाछन । यार्चा टिप्नकै लागी आफ्नो गाउघरको काम छोडी प्यारीकोप्का, रुमाना, कुनासा, मालुवाचौर र कागमारा हिमाललाई केन्द्र बनाइ आएका २५ हजार भन्दा बढी यार्चा संकलकहरु शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुम्धुवा स्थानमा सुरक्षार्थ खटिएको नेपाली सेनाको चेक पोष्टले सर्बसाधरणहरुलाई रोकेको एक हप्ता बढी भएको छ । सर्बसाधरणहरु अझै कुन समयमा बन खोलीले हो भन्ने आशामा बसिरहेका छन । यता सम्बन्धित निकाएले जिल्लामा कुनै खालको सहमती र टुङगो लागाएको छैन । फोकसुन्डोको सुम्धुवामा सर्बसाधारणहरुको अबस्था दिनानु दिन कमजोर हुनको साथै हप्तौ लगाएर बोकेर ल्याएका दाल, चामल, पिठो,अन्या आवश्यक सामानहरु सबै सकिसकेको अवस्था रहेको रुमुक, जाजरकोट, सल्यान, डोल्पा, लागएतका सर्बसाधरणहरुले ठुलो मर्का र दुख भएको गुनासो गरेकाछन । सो क्षेत्रमा मान्छेहरुको चापले बिमारी समेत परेकाछन । पछिल्लो समयको जानकारी अनुसार फोहोर मैला अत्याधिक बडेको कारण दुषित पानी बाध्य भएर खाइरकेकोले सुम्भुवा क्षेत्रमा महामारी फैलन सक्ने प्रबल सम्भावना देखिएको छ । संगै चामल बोकाएर ल्याएका घोडा र खसिलाई बाघले मारेकोले झन निराशा पैदा गराएको छ । जिल्लाको सर्बपक्षीए सहमती अनुसार जेष्ठ १० गते जिल्ला भरीका बन फुकुवा गर्ने गरी शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्वर्ती ब्यावस्थपनको कार्यलएमा सर्ब दलिए सर्ब पक्षिय र सरोकारवलाहरुले बैठकम सम्पन्न गरी १० गतेको निर्णय सर्बमान्य हुने कुरा उल्लेख गरीएको छ । हाल आएर सो निर्णय कार्यन्वयन नहुदा सर्बसाधरणले पिडा खेप्नु परेको छ । जिल्ला बहिरको लागी रु १००० एक हजार र जिल्ला भित्रकाले रु ५०० पाँच सय तिरी प्रबेश शुल्क काटिएको छ । सोको बारेमा सर्बसाधरण जिल्ला प्रशासन डोल्पामा आएर गुनासो राख्दा प्रशानको कुनै अधिकार नभएको सम्पुर्ण जिम्मा राष्ट्रिय निकुञ्जको भएकोले निकुञ्जमा गएर कुरा गर्न जिल्ला प्रशासन कार्यलए डोल्पाले बताएको रुकुमका सर्बसाधरण सुजल शाहीले बताउनुभयो । हाल सम्म कुनै पनि निकायबाट कुनै कुराको सुनुवाई हुनसकेको छैन । सर्बसाभरणको अवस्था दिनप्रतिदिन खस्किदै गएको छ । सर्बसाधारणले हामी माथी ठुलो अन्यए भएको समेत आरोप लगाएका छन ।
Loading...





