clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा सदरमुकाममा उसु डेमोष्टेशन

जिल्ला खेलकूद विकास समिति डोल्पाका जंगबहादुर रोकायाको अध्यक्षता तथा जि.वि.स.डोल्पाकी कार्यक्रम अधिकृत दन्ता न्यौपानेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, कार्यालय प्रमुख तथा प्रतिनिधि, सरोकारवाला, पत्रकार, युवासंघ र डोल्पाका खेलप्रेमी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । खेलकुद विकासका लागि जिल्ला स्थित खेलकुद मैदानमा भएको पहिलो उशु खेलाडीहरुको म्झयलकतचबतष्यल कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा कायक्रम अधिकृत दन्ता न्यौपानेले दीप प्रव्जलन गरी व्यानर खोली उदघाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला खेलकूद विकास समिति सुर्खेतका उशु प्रशिक्षक जंगबहादुर रोकायाले उशु खेलको महत्व दर्शाउदै स्वागत भाषणगर्नु भएको थियो । उक्त कार्यक्रम विहान ८ बजेबाट १० बजेसम्म दुनै खेलकुद मैदानमा भएको थियो ।कार्यक्रमको वारेमा सम्पूर्ण राजनैतिक दलहरुको तर्फबाट ने.क. पा. एमाले डोल्पाका अध्यक्ष श्री अगंत बुढा र प्रमुख अतिथि दन्ता न्यौपानेले खेलकूद प्रति सहयोग गर्न र हौसला बढाउने कार्यमा सवैलाई जोड दिनको लागि आव्हान गर्नुभएको थियो ।कार्यक्रममा डोल्पाका उशु खेलाडीहरले बेसिक मोमेन्ट देखि सिनियर तरवार काताहरु प्रस्तुत गरेका थिए भने बीचमा सेट फाइट र काताहरुले थप रमाइलो बनाउनको साथै कार्यक्रम उत्साहमय भएको थियो । जिल्ला खेलकूद विकास समिति डोल्पाका अध्यक्ष तथा कार्यक्रमका सभापति जंगबहादुर रोकायाले सो कार्यक्रमको समापन गर्नुभएको थियो ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्