जिल्ला सदरमुकाम दुनैमा रहेको सो अस्पताल सर्वसाधारणहरु विरामी परेमा उपचारका लागी आउने अन्तिम ठाउँ हो । हुने खानेहरु समेत विरामी परेमा अहिले हवाई यातायातको अभावका कारणले राम्रो ठाउँमा पुगेर उपचार गराउन धौ धौ परिरहेको बेलामा सर्वसाधारणहरुले सेवा पाउनुपर्ने जिल्लाको ठुलो अस्पताल भनेर चिनिएको १५ सैया अस्पतालमा बिगत ४ महिना देखि यहाँ कुनै पनि डाक्टर आएका छैनन् । यस अस्पतालका डा खगेन्द्र जङ्ग शाह काजमा जुम्ला गए देखि जिल्ला अस्पताल डोल्पा प्रमुख डाक्टर बिहिन भएको हो । अहिले निमित्तको रुपमा जिम्मेवार सोही अस्पतालकी सिनिएर अ.हे.ब. सम्झना बुढाथोकीले काम गर्दै आएकी छन् । अर्काे तर्फ औषधि पनि नहुदा अस्पतालमा दैनिक आउने बिरामी तथा सर्बसाधारणहरुले औषधी समेत पाउन सकेका छैनन् । विगत ५ ,६ महिना अगाडी देखि अस्पतालमा औषधि सकिएको भए पनि आउनु पर्ने औषधि टेन्डर ढिलाई भएको कारणले हाल सम्म पनि नआएको र अब केहि हप्ता पछि मात्र औषधि आईपुग्ने कुरा निमित्त जनस्वास्थ्य प्रमुख अमरेन्द्रलाल कर्णले बताउनुभयो । निमित्त प्रमुख कर्णले भन्नुभयो मत्रालयले नै यहाँको डाक्टरलाई काजमा खटाएकाले यहाँ डाक्टर विहनि भएको हो ।
Loading...





