२३ वटा गबिस रहेको डोल्पा जिल्लामा १७ वटा गाबिसहरु नर्कु गाबिसको इल, रिमीको झ्यााकोट,ल्हाँको खदाङ्ग, त्रिपुरकोटको त्रिपुरकोट, जुफालको जुफलाल स्कुल, शहरताराको नाम्दो, र फोक्सुन्डोको तापरिजा स्कुलमा केन्द्र बनाई लक्षित बर्गलाई पहुंच पुग्नेगरी घरदैलो पुगी प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्घ र जिल्ला निर्बाचन कार्यलय डोल्पाको टोलीले फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण कार्य सम्पन्न गरेको छ । जसमा नर्कु गाबिसको इलमा २०६९ साल चैत्रको १८ र १९ गते बसेको फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण टोलीले महिला १२१ पुरुष ५८ र ६० बर्ष भन्दा माथीका बृदाले १३ वटा फोटो सहितको मतदाता नामवली संकलन गर्नको साथै १६९ वटा नगरक्तिा बितरण गरिएको छ । त्यस्तै बैशाख १० र ११ गते रिमीको झ्याकोटमा महिला ९६पुरुष ६८ अपाङ्घा ९ र ६इ बर्ष माथीका बृदा ८ वटा गरि जम्मा १६४ वटा फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण गरिएको छ । बैशाख १५ र १६ गते थप एक दिन १७ गते शहरताराको नाम्दोमा महिला १८३ वुरुष ५८ अपाङ्घा ७ र ६० बर्ष माथीका ८ जनालाई गरि २६८ वटा बितरण गरीएको छ । जुफालमा महिला ६२ पुरुष ३३ अपाङ्घा ३ र ६० बर्ष माथीका ४ जनालाई बितरण गरिएको छ । त्रिपुराकोटमा महिला ६९ पुरुष ३४ अपाङ्घा १ बृदा ५ जनालाई बितरण गरीएको छ । ल्हाँ खदाङ्घमा महिला ४० पुरुष २६ अपाङ्घा ३ ६ बृदा गरी जम्मा ६४ जनालाई बितरण गरीएको छ । र फोक्सुन्डो गाबिसको तापरिजामा महिला ६ पुरुष १० र एक ८४ बर्षका इङडुङ हिसे लामा नामका बृदाले नागरिक्ता पाएका छन । भने फोक्सुन्डो गाबिसमा जम्मा १७ जनालाइ फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण गरीएको छ ।डोल्पा जिल्लामा नर्कु गाबिसको इल केन्द देखि फोक्सुन्डो गाबिस तापरिजा केन्द्र सम्म फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण जम्मा महिलाले ५८८ वटा पुरुषले ३१२ वटा ६० बर्ष भन्दा माथीका बृदाले ४१ वटा अपाङ्घाले ३० वटा गरि ९ सय नगरिक्ता बितरण र एक हजार नौ सय अटछट्टी वटा फोटो सहितको मतदाता नामवली संकलन भएको छ । फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण कार्य जनताहरुको घरदैलोमा पुगी अत्याधिक संख्यामा महिला , दलित , बृदा र अपाङ्घाहरुले बिषेश राहात र फोक्सुडो गाबिसका ८४ बर्षका इङडुङ हिसे लामा नामका बृदाले समेत आफ्नै गाउमा नागरिक्ता पाएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्घले जानकारी गर्नुभयो । डोल्पाका १७ वटा गाबिस बाहेक माथील्लो डोल्पाका ६ वटा गाबिस भिजेर, साल्दाङ्घ ,तिन्जे , धो ,मुकोट र छार्कामा जाडो र यार्चागुम्बा टिप्न जाने पाटन तिर जनताहरु जानेभएको कारण तत्काल जान नमिलेको केहि समय पछि माथील्लो डोल्पाका गाबिसमा जाने लक्ष रहेको जानकारी प्रमुख जिल्ला अधिकारी तामाङ्घले जानकारी गर्नुभयो ।
Loading...





