पत्रकारहरुसंग कुरा गर्दै उनले देश अत्यन्तै जटिल अवस्थामा पुगेको अवस्थामा राष्ट्रपतिले सबै धर्मलाई सम्मान गर्ने, सबै राजनीतिक दलहरुलाई समान रुपमा बोलाएर सहमति खोज्न लगाउनु पर्नेमा त्यसो नभई सिमित घेरामा मात्र रही व्यवहार गरेको बताउनु भएको हो ।
सहमतिय सरकार बनाई आउने बैशाखमा संविधानसभा अथवा व्यवस्थापिका संसदको चुनाव गर्नु पर्ने कुरा आइरहेको बेला शेर्पाले चुनाव गर्न उचित नभएको दावि गरे । उनले संविधानसभा पुनस्थापना गरेर संविधान घोषणा गरी देशलाई अन्यौलबाट निकास दिन सकिने बताउनु भयो ।
यदि निर्वाचन घोषणा गरिए अब पनि कसैको बहुमत नआउने र अहिले कै हालतमा छ्यासमिसे सरकार बन्ने र त्यही बमोजिमको संविधानसभा बन्ने देखिएकाले नयाँ निर्वाचन उचित नभएको दावि गर्नु भयो ।
हाम्रा राजनीतिक दलहरुले दुरदर्शी दृष्टिकोण नराखेर बहुपहिचान र भौगोलिक पहिचनका आधारमा राज्य पुनरसंरचना भनेका कारण कुरा नमिलेको बताउनु भयो । खास गरी काँग्रेस र एमालेले आदिवासी जनजातिका मुद्धामा उपेक्षा गरेका कारण देशले संविधान नपाएको उल्लेख गरे र आगामी निर्वाचनमा काँग्रेस एमाले बडारिने पनि बताए । उनले भने आगामी निर्वाचनमा त काँग्रेस एमाले भन्दा त्यो राजावादी पार्टी भनेर चिनिएको कमल थापाको पार्टीले बढि सिट ल्याउने धारणा व्यक्त गरे । उनले एकिकृत माओवादीको समर्थन गरे । उता काँग्रेस र एमालेको भने खोइरो खने र आगामी चुनावमा आफ्नो पार्टी संघिय समाजवादी पार्टी ठुलो पार्टीको रुपमा स्थापित हुने पनि दावि गर्नु भएको थियो ।
मानिस तथा समग्र प्राणीको अपरिहार्य तत्व जलवायु तिब्र रुपमा परिवर्तन भैरहेको र हामी मानिसका लागि पनि प्रतिकुल हुदै गएको कारण यससंग जुध्न वातावरणलाई जोगाइ राख्ने, हाम्रो धर्म परम्परा, संस्कार सबैलाई जोगाउनका लागि संघर्ष गर्न डोल्पाली सबैलाई आग्रह गर्नुभयो । तालिममा ३५ भन्दा बढि आदिवासी जनाजातिहरुको सहभागिता रहेको उक्त तालिम ३ दिनसम्म संचालन हुने आदिवासी जनजाति महासंघ डोल्पाका अध्यक्ष आङबहादुर लामाले बताउनु भयो ।
Loading...





