उतm कार्यक्रम मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितीका अध्यक्ष राम प्रशाद महतको अध्यक्षतामा बिभिन्न राजनैतिक दल, नागरिक समाज,उद्योग बाणिज्य संघ, सामुदायीक बन समितीका अध्यक्षहरु, पत्रकार सरोकारवाला सम्पुर्णको उपस्थितीमा कार्यक्रम भएको हो । सो कार्यक्रममा ब्यापक छलफल गरि निर्णय पारित भएको छ । जसमा शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यबर्ती क्षेत्र ब्यबस्थापन समिती अन्गरगतका बन क्षेत्रमा पाईने यार्चागुम्बा संकलन सम्बन्धमा बिगत साल देखि संकलन गर्दै आएको निर्णयलाई निरन्तरता दिदै प्रबेश शुल्कको हकमा मध्यबर्ती क्षेत्र भित्रका आफ्नो स्वामित्व भएकालाई रु ३ सय, मध्यबर्ती क्षेत्र बाहिर जिल्ला भित्रको हकमा रु ५ सय र जिल्ला बाहिरको हकमा रु एक हजार प्रबेश शुल्क तोकीएको छ । यार्चागुम्बा संकलन गर्दा पाटन क्षेत्र लगाएत कुनै ठाउमा सुरक्षा ब्यबस्थाको लागी शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मार्फत जिल्ला प्रशासन कार्यलयमा अनुरोध गर्ने र अनुमती रसिद प्रमाणी सम्बन्धमा जि. बि. स. को १५ औँ परिषदले पारित गरेको निर्णय गत बर्ष २०६९ साल सम्म लागु हुदै आईरहेकोमा सोही निर्णयलाई निरन्तरता दिन जिल्ला बिकास समिती डोल्पालाई सर्बपक्षीय बैठक बाटै अनुरोध गदै निार्णय लागु गर्ने सम्बन्धमा आईपर्ने कुनै पनि समस्यालाई समाधानका लागी राजनैतिकदलहरुले जिम्मा लिएको मंगलबार बसेको मध्यबर्ती क्षेत्र ब्यबस्थापन समिती डोल्पाको सर्बदलीए सर्बपक्षीए छलफल कार्यक्रममा निर्णय पारित भएको छ ।
Loading...





