clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
यार्चा संकलकको प्रवेश शुल्क पुरानै कायम

छलफलमा कार्यदल वाट पारित भएका प्रस्तावित निर्णयलाई अनुमोदन गरि अन्तिम निर्णय सार्वजनिक गरिएको छ । जसमा  जिल्ला भित्रका बसोबास गर्ने सबैलाईरु ५ सय र जिल्ला बाहिर वाट आउनेहरु सबैका लागि रु १ हजार प्रवेश शुल्क तोकिएको छ । यार्सागुम्बाको समय सापेक्ष अनुसार यहि जेष्ठ १० गते वन प्रवेश गर्ने र यार्सागुम्बाको दिगो व्यवस्थापनका लागि आषाढ मसान्त पछि बन प्रवेश बन्द गर्ने सर्व सम्मत वाट निर्णय गरिएको छ । यसका साथै सम्बन्धित सामुदायिक वन उपभोत्ता समितिले प्रवेश पत्र वितरण गर्दा रजिष्टर बनाएर सम्पुर्ण संकलन कर्ताहरुको नामवलि सहितको विवरण राख्ने भनिएको छ । सामुदायिक वन उपभोक्ता समिति बाहेक अन्य कुनै पनि सामाजिक संघ सस्थाले यार्सागुम्बा संकलन कर्ताहरुलाई कुनै पनि बाहानामा चन्दा शुल्क उठाउन नपाउने र कहि कतै उठाएको पाइएमा तुरुन्त सम्बन्धित निकायमा खबर वा सम्पर्क गर्ने भनिएको छ । यसका साथै शान्ति सुरक्षा का लागि सुरक्षा निकाय संग समन्वय गरि सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिले संकलन कर्ता समेतवाट स्वयमसेवक प्रतिनिधि छनोट गरि विवाद समाधान संयन्त्र बनाइ वादविवाद लगायत अन्य कुराहरुलाई सकभर समाधान गर्न पहल गर्ने गरिएको छ । सामुदायिक वन उपभोक्ता समितिले सम्भव भए सम्म सामान्य प्राथमिक उपचारको औषधिहरु प्रवन्ध गर्ने र यार्सासंकलन क्षेत्रमा जुवातास,उछ्श्रृखल क्रियाकलाप लगायत सामाजिक विकृति पैदा गर्ने कुनै पनि क्रियाकलापहरु पुर्ण रुपले प्रतिबन्ध गर्ने निर्णय गरिएको छ । जिल्ला वन कार्यालय अन्तरगत रहेका यार्सागुम्बा पाइने सामुदायिक वन लगायत अन्य सामुदायिक वनहरुले आय व्ययको यथार्थ विवरण यसै वर्षैको श्रावण सान्त भित्र अनिवार्य रुपमा समुहवाट अनुमोदन गराई जिल्ला वन कार्यालयमा पेश गर्ने निर्णय गरिएको छ ।   
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्