चामल ठेकेदार हस्त बुढाले कालीका ,नर्कु र सर्मिका सर्वसाधरण,जनता, अपाङ्ग र प्रहरी चौकी समेतलाइ चामल बितरण गरिएको छ । २०६९ साल भरिमा कालीका गाबिसमा ३ सय १४ क्विन्टल नर्कुमा ३ सय क्विन्टल र सर्मिमा ४ सय क्विन्टल चामल बितरण गरीएको छ । यता नेपाल खाध्य संस्थान दुनैले अझै तल्लो भेकका कालीका नर्कु र सर्मि गाबिसको लागी एक हजार क्विन्टल चामल नेपाल खाध्य डिपो साखा सर्मिमा थप गरिएको र चामल आउदै गरेको नेपाल खाध्य संस्थान दुनैले बताएको छ । बिगतका बर्षको तुलनामा यो बर्ष जनताहरुले चामलबाट केही लाभ पाएका छन् ।
त्यसै गरी नेपाल खाध्य संस्थान डोल्पाले एक सूचना प्रकासित गरी सदरमुकाम दुनै गोदामबाट सर्बसाधरण सबैलाई चामल बितरण गर्ने भएको छ । बिगतका दिनहरुमा चामल एकै साथ बितरण गर्दा धेरै हुलमुल र भिडभाड हुनेभएकोले फरक फरक दिनमा फरक फरक गाबिसलाई बितरण गर्ने सूचना नेपाल खाध्य संस्थान डोल्पाले प्रकाशित गरी सार्बजनिक गरेको छ । जसमा जेठ ३ गते दुनै गाबिस,५ गते शहरतारा, ६ गते लावन , ७ गते रह र फोक्सुन्डो गाबिसलाई बितरण गर्ने भएको छ । भने कर्मचारी, शिक्षक, बिध्यार्थी र छुटफुटलाई जेठ ८ गते बितरण गर्ने भएको छ भने बिध्यार्थीको हकमा बिध्यार्थी आफै आफ्नो परीचय पत्र र राशनकार्ड स्वयम आफैले ल्याउनु पर्ने भनिएको छ ।
Loading...





