clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नेपाल शिक्षक युनियनको अधिवेशन सम्पन्न

उद्घाटन सत्र र बन्द सत्र गरि २ चरणमा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी धर्मजित शाहिले ब्यानर खोलि कार्यक्रमको उदघाटन गर्नु भएको थियो । नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति अध्यक्ष पुर्ण बहादुर डागिले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने जिल्ला शिक्षा अधिकारी धर्मजित शाहि कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो । यसका साथै नेपाल बार एशोसिएसन प्रतिनिधी,गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष,नेपाल निजामति कर्मचारी संगठन निर्वतमान केन्द्रिय सदस्य,निजामति कर्मचारी युनियन केन्द्रिय प्रतिनिधि, नेपाल राष्टिय शिक्षक संगठन अध्यक्ष,नेपाल शिक्षक सघ अध्यक्ष, नेपाल शिक्षक संघ केन्द्रिय महिला सदस्य,नेपाल शिक्ष संघ हिष्टान र्निवतमान केन्द्रिय सदस्य, लगायत सम्पुर्ण नेपाल शिक्षक युनियन जिल्ला कार्य समितिका पदाधिकारीहरु,नेपाल राष्टिय शिक्षक संगठन जिल्ला कार्य समितिका पदाधिकारीहरु,नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थ्तिि रहेको थियो । स्वागत मन्तव्यमा बोल्दै नेपाल शिक्षक युनियन महिला उपाध्यक्ष अम्बिका हमाल........
नेपाल राष्टिय शिक्षक संगठन निर्वतमान केन्द्रिय प्रतिनिधि सुर्य केसि,नेपाल शिक्षक संघ केन्द्रिय महिला सदस्य हिमालि शाह,नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अध्यक्ष जय बहादुर भण्डारि,नेपाल राष्टिय शिक्षक संगठन अध्यक्ष विष्णुलाल बुढा अखिल नेपाल शिक्षक संगठन,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय प्रतिनिधी अर्ण बहादुर न्यौपाने,नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय प्रतिनिधिहरुले समग्र शिक्षकको समस्यामा सबैको निष्पक्ष रुपमा ध्यान पुग्नु जरुरी भएको धारणा मन्तव्यमा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरु.......
सम्पुर्ण शिक्षकहरुका समस्यालाइृ निष्पक्षका साथ केन्द्र समक्ष पुर्याउने शिक्षक सघ केन्द्रिय महिला सदस्य हिमालि शाहले प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा सबै छाता संगठनका सदस्यहरु एक झुण्डमा बस्न पाउदा खुशि व्यक्त गर्दै स्थानिय र अस्थानिय भत्तामा समानता कायम लगायत शिक्षकहरु माथि परेका समस्यालाई विभिन्न समय समयमा समाधान गर्दै आएको कुरा पुन स्मरण गराइएको थियो मन्तव्यको माध्ययम वाट । दुर्गम क्षेत्रमा काम गर्न कठिन हुने यथार्थता भएतापनि राज्यवाट यि समस्यामा ध्यान पुग्न नसकेको नेपाल राष्टीय शिक्षक संगठन अध्यक्ष विष्णुलाल बुढाको भनाइ रहेको थियो । शिक्षक पेशामा रहि सेवा प्रदान गर्नु जति कठिन छ त्यसमा अझै पिडा छ दुर्गम गाउको हिडाइ यो यथार्थलाई जति सक्यो चाडो राज्य पक्षले मनन गरि आवश्यक सेवा दिनुपर्ने माग विभिन्न वक्ताहरुले राख्नु भएको थियो । नेतृत्व चयन गर्दा सक्षम व्यक्तिलाई चयन गरि नेतृत्व हस्तान्तरण गरिनुपर्ने र नेतृत्व वर्गले गलत गरेमा चेतावनि दिदै कारबाहि कदम अगाडि बढाउनु पर्ने कुरामा जोड दिइएको थियो ।
शिक्षक देश र्निमाणको जिम्मेवारि बोकेको र देश विकासको संम्वाहक भएकोले एक अबोधा बालकको जिम्मेवारि लिइरहेको शिक्षककले भोलिका दिनमा के बनाउने भन्ने समेत कुराको ख्याल गर्दै ज्ञान सिप प्रदान गर्नु पर्ने भन्नुहुन्छ प्रमुख अतिथि शाहि.........
कार्यक्रमका अध्यक्ष पुर्ण बहादुर डागिले युनियन संगठन बन्नुपर्ने उद्देश्यका साथै विगतका दिनमा संगठनको सदस्यता प्रदान गर्नका लागि सख्याको कमिले धेरै जसो सदस्य पद रिक्त रहेको स्मरण गर्दै वर्तमान समयमा सवैको सक्रिय सहभागि भएकोमा खुशि व्यक्त गर्नुभएको छ । आगामि दिनमा कर्तव्य पालना गर्दै अगाडि बढ्न आग्रह गर्दै कार्यक्रमका अध्यक्ष डागि......
यसै गरि उद्घाटन सत्र पश्चात बन्द सत्रमा बृहत छलफल गरेपश्चात एक नया कार्य समिति चयन गरिएको छ । जसमा नेपाल राष्टिय शिक्षक संगठनका पुर्ण बहादुर डागी अध्यक्षमा चयन हुनु भएको छ । उपाध्यक्षमा शिक्षक संघ वाट पुर्णकेशर न्यौपाने र हमाल शिक्षक संगठन वाट महिला उपाध्यक्ष लक्ष्मी ढकाल रहनु भएको छ ।  सस्थागत उपाध्यक्ष हेमराज हमाल शिक्षक संगठनवाट चयन हुनु भएको छ । सचिवमा शिक्षक संघ वाट लक्ष्मण कार्कि रहनु भएको छ भने सह सचिवमा अमला शाहि शिक्षक संगठनवाट चयन हुनु भएको छ । कोषाध्यक्षमा शिक्षक संगठनवाट हरिहर खनाल चयन हुनु भएको छ ।  महिला सदस्यमा शिक्षक संगठनवाट सरस्वाति बुढा र शिक्षक संघ वाट एगिता न्यौपाने रहनु भएको छ भने शिक्षक संघ वाट विष्णु शर्मा चयन हुनु भएको छ । केन्द्रिय प्रतिनिधिमा शिक्षक संगठनवाट सावित्रि निरौला,गोपाल बहादुर शाहि र यपप्रसाद गौतम रहनु भएको छ भने शिक्षक संघ वाट हेमनाथ जैसि रहनु भएको छ । त्यसैगर र्निवाचन क्षेत्र सदस्यमा शिक्षक संगठन वाट लाल बहादुर बुढा, हरिप्रसाद डागी रहुन भएको छ भने शिक्षक संघ वाट भत्ति बुढा रहनु भएको छ । शिक्षक संगठन वाट मनोनित सदस्यमा शेर बहादुर रावत,लक्ष्मण केसि र शिक्षक संघ वाट धनलक्ष्मि रोकाया, हिरा बहादुर थापा,मान बहादुर बुढा रहनु भएको छ । समितिको सल्लाहकारमा शिक्षक संगठन वाट सुर्य बहादुर केसि र इन्द्र बहादुर कठायत रहनु भएको छ भने शिक्षक संघवाट दिपक शाह र जसमान केसि चयन हुनु भएको छ । कर्यक्रममा वृहत छलफल पश्चात उक्त समिति चयन गरिएको थियो
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्