शनिवार अवेर सम्म बसेको ठेकेदारहरुको बैठकमा मिलेमतोमा ठेक्का दिने कुरामा ठेकेदार लक्ष्मीकान्त उपाध्यायले असहमति जनाएपछि ठेक्का प्रतिष्पर्धामा जाने भएको ठेकेदार एशोसियशन डोल्पाका कावा अध्यक्ष चन्द्रमान रोकायाले बताए ।
सोमवार ठेक्का खुल्ने गरी नेपाली सेनाको राशन ठेक्काको ठेक्का खुलेको छ । त्यसमा आइतवारसम्म टेन्डर फारम लिने र सोमवार १२ बजेभित्र टेन्डर दर्ता गरी सकेर दिउसो १ बजे पछि टेन्डर खोलिने समरसुर गुल्म सुलिगाड डोल्पाले जनाएको छ ।
ठेक्का टेन्डर दर्ता गर्नका लागि स्थानीय र जिल्ला वाहिरका ठेकेदारहरु सदरमुकाम दुनैमा भेला भएका छन् । शनिवार सांझ ६ बजेसम्म बसेर समझदारी हुन नसकेर बैठक सकिए पछि ठेक्का प्रतिष्पर्धामा जाने निश्चित भएको हो ।
गतका अधिकांश वर्षहरुमा नेपाली सेनार प्रहरीको राशन ठेक्का ठेकेदारहरुको मिलेर मिलेमतोमा पुरा दररेटमा हुने गरेको थियो भने केही एकाध वर्षमा मात्र प्रतिष्पर्धा हुने गरेको थियो ।
सेना प्रहरीको राशन ठेक्का मात्र होइन ठेकेदारहरु आपसमा मिलेर ड्रिल्पी जस्ता ठुलाठुला ठेक्काहरु पनि पुरा दररेटमा ठेक्का कबोल गर्ने करिव परम्परा नै बनि सकेको थियो । डोल्पाका अधिकांश ठेक्काहरु ठेकेदारहरुले आपसी सहमतिमा पुरा दररेटमा ठेक्का कबोल गरेर पनि काममा गुणस्तरता नल्याएको गुनासो राजनीतिक दल र सर्वसाधारणहरुको छ ।
यस पटक नेपाली सेनाको ठेक्का प्रतिष्पर्धाले यो वर्ष हुने अन्य विकास निर्माणका ठेक्काहरु प्रतिष्पर्धाबाट हुने आशा गरिएको र प्रतिष्पर्धा गरी सस्तो दररेटमा ठेक्का कबोल गरेर काम गुणस्तर हिन गर्ने परम्परा बस्न सक्ने तर्फ भने चनाखो भई कडा अनुगमनको व्यवस्था सरकारले गर्नु पर्ने राजनीतिक दलहरु बताउछन् ।
Loading...





