clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दुनै बजारका औषधि पसलमा समेत मिति सकिएका औषधि

बजार अनुगमनका लागि टोलि विभिन्न होटल व्यवसायि, खुद्रा पसल लगायत औषधि विक्रि वितरण पसलमा पुगेको थियो । अनुगमनका क्रममा उक्त टोलिले ओम शान्ति औषधि पसलवाट विभिन्न मिति सकिएका सलाइनका बट्टा लगायत लेभल नभएको औषधि जफत गरेको थियो । यसका साथै विभिन्न खुद्रा पसलवाट मिति सकिएका खाद्य वस्तुहरुको केहि नमुना मात्र नियन्त्रणमा लगेको थियो । नियन्त्रणमा लगिएका सामानहरु अनुगमन टोलिको रोहोवरमा आइतवार नै जलाएर नष्ट गरिएको छ । यस पटकको अनुगमले सबैले इमान्दारिताका साथ खाद्य तथा पेय पदार्थ लगायत अन्य मिति सकिएका सामानहरुको आफै व्यवस्था गर्नु पर्ने सुझाव दिइएको थियो ।  एक त दुर्गम जिल्ला त्यसमा पनि सामान ल्याउने क्रममा ढिलाइ हुने भएकाले पनि सामानहरुको आशा गरेको बिक्रि समय अगाडि नै मिति सकिने पसलेहरुको गुनासो रहेको थियो । उक्त टोलीले बजार भित्र रहेको विभिन्न खाद्य वस्तुहरुको अनुगमनका साथै नापतौल यन्त्र प्रमाणिकरण,व्यवसाय दर्ता प्रमाणपत्र,लेभल नभएका सामान विक्रि गरे नगरेको, सरसफाइको अवस्था,भ्याट प्यानको प्रमाण पत्र ,म्याद नाघेको बस्तु विक्री विल जारि गरे नगरेको,मुल्य सुचि साइनवोर्ड खाद्य अनुज्ञा पत्र पेश गर्ने र्निदेशन गरेको थियो ।  सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेको संयोजकत्व रहेको थियो भने अन्य सदस्यहरुमा जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रतिनिधि प्रनि एकेन्द्र खड्का,जिला पशु सेवा कार्यालय वाट डाक्टर झविन्द्र मरासिनि,राष्टिय अनुसन्धान वाट भागिन्द्र चन्द,डोल्पा उद्योग वाणिज्य संघ वाट लालिमान बुढा,जिल्ला खानेपानि तथा सरसफाई सब डिभिजन कार्यालय वाट केवलकुमार खतिवडा जिल्ला स्वास्थ्य कार्यालय डोल्पावाट अमरेन्द्रलाल कण, दुनै गाविस सचिव रामेश्वर ढुंगाना र रेडियो डोल्पा एफ एम प्रतिनिधी को टोलिले बजार अनुगमन गरेको छ । अनुगमन पश्चात सचेत गराउदा गराउदै पनि आगामि दिनमा पुन यस्तो कार्य भेटाएमा कारवाहि प्रक्रिया अगाडि बढाउने समेत निष्कर्श निकालीएको छ । आगमि दिनमा पुन बैठक बसि छलफल गरि अनुगमन कार्य लाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी दिल कुमार  तामाङ्गले बताउनु भयो । आइतबार डोल्पा जिल्लाका उपभोक्ता हक हितलाई संरक्षण र प्रर्वद्धन गर्न प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गको अध्यक्षतामा बजार अनुगमन सम्बन्धि बैठक सम्पन्न भएको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्