clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सर्मीमा थप एक जनाको मृत्यु

यतिबेला सर्मि गाविसमा चैत्र २० गतेवाट शुरु भएको टाइफाइडले उग्र लिदा प्रत्येक घरमा २ देखि ३ जना बिरामि पर्ने  गरेका छन् । सर्मी गाविसमा रहेका उपस्वास्थ्य चौकीमा हाल अहेव,अनमि र कार्यलय सहयोगि १–१ जनाको दरबन्दि रहेको छ । तर अहेव र अनमिको मुख देख्नु परै जाओस १ जना कार्यालय सहयोगिको जिम्मा लगाइएको छ । कर्यालय सहयोगि नरलाल बुढाका अनुसार उपस्वास्थ्य चौकिमा औषधिहरु  नभएकाले समस्या जटिल बनेको छ यदि औषधि भएता पनि मलाई साधारण औषधिको बारेमा मात्र जानकारी छ अन्य औषधिका बारेमा केहि ज्ञान छैन । सर्मी गाविसमा औषधि र कर्मचारीको अभावका कारण अहिले सम्म २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्मि गाविसका वडा नं २ का धनसर ठकुल्ला र वडा नं ३ कि महिला बिश बुढा रहेका छन् । सर्मि गाविसमा महामारिका रुपमा फैलिएको रोगको नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय को एक टोलि सदरमुकाम दुनैवाट सर्मि सम्म पुगेता पनि १ दिने शिविरले खासै प्रभावकारि उपचार नभएको हुदा समयमै औषधि र कर्मचारीहरु सम्बन्धित स्थलमा पुगेर सेवा प्रदान नगरेमा अझै कतिको ज्यान जाने हो थाहा छैन भन्दै निराशा पुर्ण बोलि बोल्न बाध्य छन् सर्मिका बासिन्दा । यसमा सम्बन्धित निकायको समयमै ध्यान पुग्नु जरुरी देखिन्छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्