clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
ल्हाँ गाविसको मोवाइल शुक्रवार बन्यो

नेपाल टेलिकमका प्राविधिकहरु ल्हाँ पुगेर बिटिएस बनाएका कारण शुक्रवारबाटै मोवाइल पुनः सञ्चालनमा आएको नेपाल टेलिकम डोल्पाका कार्यालय प्रमुख दयाविक्रम के सी ले बताए ।
   मोवाइल बने पछि ल्हाँको फुल्चिङ्गबाट फोन गर्दै मंसिरमा बिग्रेको मोवाइल बने पछि धेरै खुसि लागेको सुमन बस्नेतले बताए । उनी जस्तै ल्हाँ गाविसका मोवाइल प्रयोग गर्नेहरु सबै खुसि भएका छन् । खुसि संगै गाउँ भन्दा बाहिर रहेका आफन्तहरुलाई फोन गरेर खबर आदान प्रदान गरेका छन् ।
   ल्हाँ गाविसका बिटिएस बने पछि तिनै प्राविधिकहरु कालिका गाविसमा रहेको नमस्ते मोवाइलको बिटिएस बनाउन शुक्रवारै हिडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । यस अघि शहरतारा बनाउन गएका प्राविधिकहरुले बिटिएस नै बिग्रेको पत्ता लगाएका छन् । कालिका बनाएर फर्के पछि शहरताराको बिटिएस फेरेर मोवाइल संचालनमा ल्याउने नेपाल टेलिकम डोल्पाका कार्यालय प्रमुख के सी ले बताए ।
   शहरताराको नमस्ते मोवाइलको बिटिएस धेरै पहिलेदेखि नै कहिले आउने र जाने गरिरहेको र भने कालिका गाविसमा रहेको नमस्ते मोवाइलको बिटिएस मंसिरदेखि नै बिगे्रर बन्द भएको  नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्