clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
ट्रयाक ओपन मोटरबाटो र जीप उद्घाटन

   डोल्पाको सदरमुकाम दुनैदेखि विमानस्थल जुफालसम्म मोटरबाटोको ट्रयाक ओपनको बाटो र उक्त १२ किलोमिटर बाटोमा आन्तरिक रुपमा चलाउने गरी हेलिकोप्टरबाट डोल्पा ल्याइएको जीपको रिबन काटेर प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले र व्यानर खोलेर स्थानीय विकास अधिकारी मदन कोइरालाले संयुक्त रुपमा बुधवार उद्घाटन गरेका छन् ।
   रिबन काटेर र व्यानर खोलेर बाटो र जीपको उद्घाटन पछि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ् , स्थानीय विकास अधिकारी मदन कोइराला, राजनीतिक दलका प्रमुखहरु लगायतका व्यक्तिहरु जीपमा चढेर जीप चलाई यो बाटोमा जीप चल्न सुरु गरिएको थियो । सदरमुकाम दुनैको कालिका मन्दिरबाट जीप चलाई जुफाल तर्फ लगिएको थियो ।
   जिल्ला विकास समिति डोल्पाको आन्तरिक लगानीमा दुनै देखि जुफालसम्मको मोटरबाटो ट्रयाक ओपन गर्ने काम भएको थियो  । यस बाटोमा चलाउनका लागि जीप सञ्चालक विष्णुबहादुर बुढा र जनकबहादुर बुढाले ६५ लाखको लगानीमा हेलिकोप्टरबाट २ वटा जीप डोल्पा पुर्याएका थिए । यी दुइ जनाले नै १ वर्ष अघि हेलिकोप्टर बाटै ट्याक्टर ल्याएर आन्तरिक रुपमा मालसामान ओसारपसार गर्ने तथा दुनै बजार भित्रै ढुंगा लगायत निर्माणका सामग्रीहरु ओसारपसार गर्ने काम गर्दै आएका थिए ।
   मोटरबाटोले जिल्लाको सिमाना नछोएको भए पनि जिल्ला भित्रको १२ किलोमिटर मात्र भए पनि हिडेर साढे तीन घण्टा लाग्ने सदरमुकाम दुनै र विमानस्थल जुफाललाई यातायात सेवा दिने स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए ।
   नेपालको अति दुर्गम जिल्ला डोल्पामा हेलिकोप्टरबाट जीप ल्याएर आन्तरिक रुपमा भए पनि यातायात सुचारु गर्ने सञ्चालकद्धयलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तिय सहयोग गरेको संचालक जनकबहादुर बुढाले बताए ।
   बुधवारबाट दुनै जुफाल मोटरबाटोको ट्रयाक ओपनबाटोमा जीप चले पछि साढे ३ घण्टा पैदल हिड्ने बाटोमा जीपबाट यातायात सेवा पाउने छन् । केही महिनामा जुफालको मोतिपुरबाट सूँ गाविसको सूँपानी भन्ने ठाँउसम्म ड्रिल्पीले बनाएको बाटोलाई पोछपाछ गरेर जीप सूँपानीसम्म सञ्चालन गर्ने प्रयास गरिने जिल्ला विकास समिति डोल्पाका स्थानीय विकास अधिकारी कोइरालाले बताए । उनका अनुसार सूँपानी सम्म जीप चलेमा करिब ५ घण्टा पैदल हिड्ने बाटोमा जीपले सेवा दिने छ । जसले गर्दा मानिसहरुलाई धेरै समयको बचत हुनेमा डोल्पालीहरु आशाबादी रहेको जिल्ला विकास समिति डोल्पाले जनाएको छ ।  

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्