clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
आउँदो असारसम्म थप ६ वटा गाविस खुला दिसा मुक्त गाविस घोषणा गर्ने निर्णय

   आउँदो असार महिना भित्र डोल्पाका रह, सर्मी, नर्कु, रिमी, कालिका र फोक्सुण्डो गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको शुक्रवार बसेको बैठकले गरेको हो ।
   गाविस वा कुनै क्षेत्रलाई लाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नका लागि त्यस गाविस वा क्षेत्रका सम्पूर्ण घरधुरीले चर्पी बनाएर प्रयोग गरिसकेको हुनु पर्ने अनि मात्र खुला दिसा मुक्त गाविस घोषणा गरिने प्रावधान रहेको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।
   असारमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएका यी गाविसहरुका ४० प्रतिशत भन्दा बढि घरधुरीले चर्पी बनाएर प्रयोग नगरेका कारण असारसम्म यी गाविसहरुलाई खुला दिसा मुक्त घोषणा गर्न कडा परिश्रम गर्नु पर्ने पनि छलफल भएको समन्वय समितिले जनाएको छ ।
   आगामी असारसम्म खुला दिसा मुक्त घोषणा गर्ने भनिएका गाविसका सर्मी गाविसका ४ सय ३८ घरधुरीमा २ सय २ घरधुरीले, नर्कु गाविसका २ सय ८२ घरधुरीमा ९९ घरले, कालिका गाविसका २ सय ३० घरमा १ सय ५ घरले, रिमी गाविसका २ सय ३५ घरमा १ सय ३६ घरले, रह गाविसका १ सय घरमा ६५ घरले र फोक्सुण्डो गाविसका १ सय ८ घरमा ५२ घरधुरीले मात्र चर्पी निर्माण गरी प्रयोग गरेका छन् भने करिब ५० प्रतिशत घरधुरीहरुले चर्पी नबनाएको जानकारी बैठकमा जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय डोल्पाका इन्जिनियर महेन्द्र चौधरीले बैठकमा जानकारी गराएका थिए ।
   नेपाल सरकारको सन २०१७ मा नेपाललाई दिसा मुक्त देश घोषणा गर्ने लक्ष्यका साथ सरसफाईमा लागेको र त्यस राष्ट्रिय लक्ष्यलाई पुरा गर्नका लागि डोल्पा जिल्लालाई सन २०१५ सम्म डोल्पालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरीसक्ने लक्ष्यका साथ जिल्लामा कार्य भैरहेको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए ।
   उनका अनुसार २३ वटा गाविस रहेको डोल्पामा यस अघि जुफाल, काईगाउँ, त्रिपुराकोट, ल्हाँ, लिकू, माझफाल, पाहाडा र सूँ गाविस गरी ८ वटा गाविसहरुलाई खुला दिसा मुक्त गाविस घोषणा गरी सकिएको छ । अव असार भित्र यी ८ वटा गाविसहरुलाई समग्र सरसफाई (पोष्ट ओडिएफ) घोषणा गर्ने तयारी भैरहेको जनाइएको छ । भने असारसम्म थप ६ गाविसहरुलाई खुला दिसा मुक्त गाविस घोषणा गर्न सके ९ वटा गाविस मात्र बाँकि रहने र सन २०१५ भित्र डोल्पा जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य पुरा हुने निश्चित हुने समेत निर्णय गरिएको समन्वय समितिले बताएको छ ।
   तोकिएको समय भित्र डोल्पा जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गर्न अति आवश्यक खानेपानी पनि भएकाले यसका साथै जिल्लाका सबै गाविसहरुमा खानेपानीको पहुच पुर्याउनका लागि नमुनाका रुपमा विकास गर्दै लैजानु पर्ने भएकाले यो वर्ष जुफाल र रिमी गरी २ वटा गाविसलाई खानेपानी नमुना गाविसका रुपमा विकास गर्ने निर्णय गरिएको समेत जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव महेन्द्र चौधरीले जानकारी दिए ।
   बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, स्थानीय विकास अधिकारी मदन कोइराला, विभिन्न राजनैतिक दल लगाएतका जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
   
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्