डोल्पाको इतिहासमा पहिलो पटक डोल्पाको भूमिमा सवारी साधन जीप आउँदा डोल्पाबासीहरु र कामको सिलशिलामा डोल्पा पुगेका शिक्षक कर्मचारी र व्यापारीहरु हर्सित भएका छन् । हर्सित डोल्पालीहरुले सञ्चालकहरु, जीप चालक र जीप ल्याउने हेलिकोप्टरका क्याप्टेन लगायतका कर्मचारीहरुलाई पूmलमाला र अबिरले स्वागत गरेका थिए ।
बुधवार जिल्लामा पुगेको जीपका हेलिकोप्टरमा लोड गर्दा खोलिएका पुर्जा जोडे पछि बुधवारै साँझ साढे ७ बजेबाट सदरमुकाममा गुड्न थालेको छ ।
श्री एयरलाइन्सको एमआईएट हेलिकोप्टरबाट भे १ च १२५१ नं. को जीप बुधवार दिउसो डोल्पाको सदरमुका दुनै उतारिएको हो । अर्को जीप भने यही हेलिकोप्टरले केही दिन भित्र ल्याउने सञ्चालकहरुले बताएका छन् । जीप किन्दा लोड अनलोड र अन्य गरी प्रति जीप २३ लाख र ढुवानी पोखराबाट १० लाख र चौरजहारीबाट ९ लाख गरी जम्मा ६५ लाख रुपैया २ वटा जीप डोल्पा पुग्दासम्म लागत लाग्ने सञ्चालक मध्येको जनकबहादुर बुढाले बताए ।
सदरमुकाम त के जिल्लाको सिमाना नै मोटरले नछोएको डोल्पा जिल्लामा आन्तरिक रुपमा जिल्ला विकास समितिले निर्माण गरेको मोटरबाटोमा चलाएर यात्रु ओसारपसार गर्ने ध्ययले जीप जिल्लामा ल्याइएको जीप संचालक जनकबहादुर बुढाले बताए ।
डोल्पाको सदरमुकाम दुनै देखि विमानस्थल जुफालसम्म जिल्ला विकास समितिले मोटरबाटो निर्माण गरेको छ । जुफालबाट सूँपानीसम्म ड्रिल्पीले मोटरबाटो निर्माण गरिसकेको छ । यसको स्तरोन्नति गर्न मात्र बाँकी रहेको जिल्ला विकास समिति डोल्पाले जनाएको छ । बाटोको स्तरोन्नति भयो भने दुनै देखि जुफाल हुदै सूँ गाविसको सूँपानीसम्म जीप चल्ने अवस्था रहेको जिल्ला विकास समिति डोल्पाले जनाएको छ ।
डोल्पा जिल्लामा यातायातका साधन दर्ता गर्ने प्रावधान सुरु नभएका कारण भेरी अञ्चलको बाँकेमा भे १ च १२५१ नं. मा दर्ता गरेर डोल्पा जीप ल्याउनु परेको अर्का संचालक विष्णुबहादुर बुढाले बताए ।
जीप जनकबहादुर बुढा र विष्णुबहादुर बुढाको संयुक्त लगानीमा डोल्पा ल्याइएको हो । यसरी हेलीकोप्टरबाट भए पनि जीप ल्याएर आन्तरिक रुपमा यातायात सञ्चालन गर्न लागेकोमा जीप सञ्चालक प्रति आभर व्यक्त गर्दै दुनै देखि जुफाल र सुँपानी सम्मको सडक निर्माणमा जिल्ला विकास समितिले गरेको खर्चको बल्ल सार्थकता हुन लागेको स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए । उनको भनाई छ यसले डोल्पाली जनताहरुलाई धेरै सहयोग मिल्ने छ ।
Loading...





