clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
रोग फैलिय पछि विद्यालय बन्द

   अधिकांश विद्यार्थीहरु ज्वरो आउने, खोकी लाग्ने, टाउको लगायत शरीरका विभिन्न भागहरु दुख्ने लक्षण रहेको रोगले विरामी परेका कारण बुधवारबाट विद्यालयमा बिदा गरिएको सरस्वती माध्यमिक विद्यालय सूँका प्रधानाध्यापक भिमबहादुर धरालाले बताए ।
   उनका अनुसार सूँ गाविसका प्रायः सबै बालबालिकाहरु विरामी भएकाले गाविस भरिकै विद्यालयमा बिदा गरिएको छ । ४ सयको हाराहारिमा घरधुरी रहेको गाविस भरि रोग फैलिएर प्रायः घरमा कम्तिमा एक जना विरामी रहेकोले उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय डोल्पामा अनुरोध गरिसकिएको छ ।
   सूँ गाविसमा रोग फैलिएर घरघरमा विरामी भएको मात्र होइन बालबालिका विरामी परेका कारण विद्यालय नै बन्द गर्नु परेको खबर प्राप्त हुने बित्तिकै सिनियर अहेव बुद्धि धरालाको नेतृत्वमा ३ सदस्यीय स्वास्थ्यकर्मीहरुको टोली पठाई उपचार सुरु गरिसकिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका स्वास्थ्यकर्मी रनलाल कुलालले बताए ।
   उनका अनुसार सूँ गाविसमा फैलिएको रोग भाइरल भएको अनुमान गरिएको छ । खबर आउने बित्तिकै तुरुन्तै परिचालन गरिएको स्वास्थ्यकर्मीहरुको टोलीले सूँ गाविसमा पुगेर बिहिवार १ सय ५० जना भन्दा बढिको उपचार गरिसकेको छ । कुलालले थपे विरमीका के कुरा गर्ने कुनै घर पनि विरामी नपरेको देखिएन । त्यस कारण पनि स्वास्थ्यकर्मीहरुको टोलीलाई औषधि सहित पठाइएको र आवश्यक परे थप्ने गरी तयारी भैरहेको छ ।
   विरामीका कारण विद्यालय बन्द गर्नु पर्दा महादेव प्राथमिक विद्यालय जीउ र सरस्वती माध्यमिक विद्यलय सूँ का गरी ५ सय भन्दा बढी बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ ।
   यतिवेला धुलो धुवाँ र मौसम परिवर्तनको समय अनि फोहोर पानी, पानी नउमालेर खाने बानीका कारण रोग फैलिने गरेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ ।
   रोग फैलिएको कुरा जिल्ला प्रशासन कार्यालयमा जानकारी हुने बित्तिकै रोग नियन्त्रणका लागि औषधि सहित स्वास्थ्यकर्मीहरुको टोली सूँ गाविस तर्फ पठाउन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले समेत पहल गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्