clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नेपाल खाद्य संस्थानबाट खाद्यन्न वितरण सुरु

यसरी चामल वितरण गर्दा जिल्लाका सबै गाविसवाट आउनेहरुलाई एकै पटक वितरण गर्न कठिन पर्ने हुदा फरक फरक दिनमा वितरण गर्ने सुचना जारि गरि वितरण गरेको हो । त्यसमा पनि ८ र ९ गतेका दिन जुफाल गाविस,१० र ११ गते माझफाल गाविस,१२ र १३ गते त्रिपुराकोट गाविस,१४ र १५ गते सु गाविस र अन्तिम १६ गते भने कर्मचारि लगायत छुटेकाहरुलाई चामल वितरण गर्ने भएको छ । टाढावाट आउनेहरुका लागि पनि सजिलो होस भन्ने उद्देश्यले यसरि फरक फरक दिनमा चामल वितरण गरेको हो । हल जुफाल गोदाममा जापानि चामल बाहेक अरु प्रकारका चामल नभएको गोदाम प्रमुख गोविन्द  पौडेलले जानकारि दिनुभएको छ । अहिले फाल्गुण र चैत गरि २ महिनाको चामल एकै पटक वितरण गर्ने भएको छ । लामो समयपछि नेपाल खाद्य संस्थान शाखा कार्यालय जुफाल द्धारा चामल वितरण कार्य शुरु भएपछि अहिले जुफालका होटल तथा पसलहरुमा समेत सामान किन्ने मानिसहरुको घुइचो लागेको छ । यस अघि सर्वसाधरण हरु बजारका किराना पसलहरु वाट प्रतिक्विन्टल १० हजार तिरेर आफ्नो दैनिक जिवनयापन गर्न बाध्य भएका थिए । अहिले भने स्थानिय वासिहरुमा खुशि छाएको जुफाल स्थित समचारदाता कमल डागिले फोनबाट जानकारि दिएका छन् ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्