एमाले केन्द्रिय कार्यालय बल्खुमा आईतवार डोल्पा जिल्ला वाट आएका पार्टि अध्यक्ष जिल्ला कमिटि डोल्पाका सदस्यहरु,युवा संघ र अनेरास्ववियुका पदाधिकारीहरु समेतले पार्टिका संगठन विभाग प्रमुख युवराज ज्ञवलि तथा अध्यक्ष झलनाथ खनालसंग भेट घाट गरि डोल्पा जिल्लामा भएको राजनैतिक समस्याका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै ज्ञापन पत्र वुजाएका छन । भेटघाटमा नेकपा एमालेका अध्यक्ष अंगद कुमार बुढाले १५ पृक्ष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अन्य कार्यकर्ताहरुले पुष्ट्याउनु भएको थियो । जिल्ला कमिटि अध्यक्ष को प्रतिवेदन सुनेपछि संगठन प्रमुखले डोल्पा जिल्लामा पार्टि भित्र देखिएको समस्यालाई पार्टि केन्द्रिय कमिटिले विषेश गम्भिरताका साथ लिने पनि बताउनु भएको थियो । कार्यक्रममा डोल्पा जिल्लावाट आएका ६०।७० भन्दा बढि कार्यकर्ता सहभागि भएका थिए भने संगठन विभाग प्रमुख ज्ञवलिका अलवा केन्द्रिय कमिटिका अध्यक्ष झलकनाथ खनाल र कर्णालि अन्चल संयोजक गोरख बोगटि पनि उपस्थीत हुनुहुन्थयो । वस्तविक समस्या के हो भनेर बुझ्नका लागि जिल्ला कमिटि अध्यक्ष बुढालाई बोलाइएको पनि ज्ञवलिले बनाउनु भयो । यसै क्रममा संगठन विभाग प्रमुखले भन्नुभयो डोल्पा जिल्लामा अहिले जिल्ला कमिटि भंग पनि भएको छैन र यसको अध्यक्ष पनि अंगद बुढा नै हुहुहुन्छ । विभिन्न चरणमा जिल्ला कमिटि अध्यक्षसंग सल्लाह गरि छिट्टै पार्टि स्थायि कमिटिको बैठकले लामो समय देखिएको डोल्पा जिल्लाको पाटिर्को समस्या समाधान समेत हुने कुरामा सहभागिहरु सबैलाई आश्वासन दिनु भएको छ ।
Loading...





