clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
फोक्सुण्डोको गोविन्द आधारभूत बिधालयका शिक्षक बिधार्थीलाई न्याजो ज्याकेट र शैक्षिक सामाग्री ह
 
लेख बुढा, कार्तिक ९ गते - नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाँउपालिका वडा नं, ८ मा पर्ने  फोक्सुण्डो तालको छेउमा अवस्थित गोविन्द आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुलाई डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।
सहयोग सामाग्री विद्यालयका शिक्षीका राज्यलक्ष्मी हमाललाई कर्णाली प्रदेशका पर्यटन दुत भरतबन्धु थापाले हस्तान्तरण गर्नुभएको हो । नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनको अगुवाईमा ३२ थान डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु प्रदान गरीएको हो ।
चिसो मौसममा विद्यार्थी तथा शिक्षकहरुलई अध्ययन अध्यापनका लागि सहजहोस भनेर ज्याकेट प्रदान गरीएका पर्यटन दुत टण्डनले बताउनु भयो  । ज्याकेटका लागि नरबहादुर टण्डन, मोहन लम्साल, नारयण खनाल, नेत्र भट्टराई, डा. कृष्ण हुमागाई, राम कुमार मोक्तान, विजय लम्साल, छवी अर्याल, विकास मर्हजन, रन्जीत मगर, समिर कलैया, सुरेश रजौरे, तुल्सी आर रिजाल, टिका पराजुली, गिरी बुढाथोकी, कुमार शाही, तेन्जीङ भुटीया, विनोद बस्नेत, समिर लम्साल, प्रेम बस्नेत, हेम थापा, मनी भट्टराईले सहयोग गरेका थिए भने ज्याकेट निमार्णका लागि ब्यबसायी राजुश्रेष्ठले सहयोग गर्नुभएको थियो ।
डोल्पाको सदरमुकाम दुनै देखि दुई दिनको पैदल यात्रा पश्चात विद्यालय पुग्न सकिन्छ । उक्त सहयोग सामाग्री काठमाण्डौ देखि डोल्पाको दुनैसम्म हवाईजहाजमा पुराउनका लागि एक्सपोलर डोल्पाका प्रवन्ध निर्देशक जितेन्द्र झाक्रीले सहयोग गर्ने बताईएको छ ।
सोही बिधालयको दुई वटा कोठा गत असोज अन्तिम साता परेको भारि बर्षाले भत्किएको थियो ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्