समाचार तथा गतिविधि
मन्त्रीपरिषद बैठकबाट कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित
संदेश बुढा
काठमाडौँ, ५ जेठ – नेपाल सरकारको सोमवार बसेको मन्त्रीपरिषद बैठकले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचता प्रविधिमन्त्री डा.युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नक्सा अद्यावधिक गरेको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा प्रस्तावित नेपालको नक्सा स्वीकृत गरेको सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
यो नक्साले नेपालको उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो नक्सा नेपालको सबै किसिमका प्रशासनिक लगायत सबै प्रबन्धहरूमा प्रयोग गर्ने गरी सरकारले निर्णय गरेको हो । ’’यो नक्सामा नेपालको सङ्घीयताअनुरूपका प्रदेश तथा स्थानीय तहहरूसमेत समेटिएका छन्’’ मन्त्री खतिवडाले भन्नुभयो, ’’यो नक्साबमोजिम निशानछाप, सरकारी कामकाजमा प्रयोग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा अद्यावधिक हुनेछन् ।’’
नेपालको पश्चिमी सीमामा रहेको लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि त्यसको सर्वत्र विरोध भए पछि सरकारले उक्त क्षेत्र नेपालको हो भनेर आधिकारिक यस्तो निर्णय गरेको हो । यसअघि सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा पनि भारतद्धारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





