समाचार तथा गतिविधि
पिपिई लगायतका विभिन्न सामग्री ल्याएर मुख्यमन्त्री आफै डोल्पा पुगे
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १८ चैत – कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला यो रोगको संक्रमण फैलन नदिनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले आवश्यक पिपिई, औषधि र अन्य स्वास्थ्य सामग्री नेपाली सेनाको हेलिकोप्टर मार्फत डोल्पाको दुनै पुर्याउनु भएको छ ।
अहिलेसम्म कोरोनाको संक्रमितले विश्वलाई आक्रान्त बनाएको छ । त्यही महामारी सिर्जना गर्ने कोरोना भाइरस कर्णाली प्रदेशमा नफैलियोस भन्ने हेतुले सकेसम्म छिटो जिल्लामा आवश्यक पिपिई, औषधि, उपकरण र स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल आफैले नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला जिल्लामा पुर्याउन भएको छ ।
सर्जिकल मास्क २ हजार, पिपीई ६० थान,लुज ग्लोबस एकहजार एन नाइन्टी मास्क २५थान,पारा सिटामोल ५हजार टयाब्लेटस,साधारण मास्क एक हजार थान,गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान,सेनिटाइजर दुई बोतल,क्यानुला २४ नम्बरको २१ थान २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस स्वास्थ्य सेवा कार्यालयले बुभेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी देबबहादुर बिसीले जानकारी दिनु भयो । यी स्वास्थ्य सामग्रीहरु ल्याएर डोल्पा पुग्नु भएको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले डोल्पा जिल्ला अस्पतालको निरिक्षण अवलोकन गर्नु भएको छ । निरिक्षण अवलोकनका क्रममा जिल्ला अस्पताल भित्र एक कोठामा बनाइएको आइसोलेशन कक्षको पनि अवलोकन गर्नु भएको थियो ।
कोरोना भाइरससँग केही लक्षण मिलेका कारण शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका २ जना कर्मचारीहरुलाई सोमवारबाट उक्त आइसोलेशन कक्षमा राखिएको छ । विरामी कर्मचारीहरु मध्ये एक जना यही चैत ८ गते नेपालगञ्जबाट जहाजमा आएका थिए । भने अर्का कर्मचारी एउटै कोठामा बस्ने भएकाले विरामी भएका हुन् ।
आइसोलेशन कक्षको अवलोकन गरे पछि मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले डोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेनडेन्ट सिजन रावल र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग व्यवस्थापनमा चित्त नबुझेकाले आझै आइसोलेशन कक्ष राम्रो बनाउन निर्देशन दिनु भएको थियो ।
कोरोनाको संक्रमण नफैलिएको बेला त यस प्रकारको कमजोर व्यवस्थापन छ भने संक्रमण बढे के गर्नु होला ? मुख्यमन्त्री र सामाजिक विकास मन्त्री रावलको एउटै प्रश्न थियो । डाक्टर तथा स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारीहरु र जनप्रतिनिधिहरु सबैलाई तपाईहरुले के गर्नु भएको छ ?
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री रावल र मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल परिसर र आइसोलेशन कक्षको अवलोकन पछि डाक्टरहरु सहित स्वास्थ्यकर्मीहरु, प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीहरु र जनप्रतिनिधिहरु सबैलाई गफ भन्दा सबै मिलेर काम गर्न निर्देशन दिदै कोरोनासँग लड्न आवश्यक स्रोत साधनका लागि तत्काल प्रदेश सरकारलाई भन्नुस्, खबर गर्नुहोस् तत्काल सम्बोधन हुने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले डोल्पा जिल्लाका सबै स्थानीय तहहरुले सके जति प्रयास गरेको, डोल्पाका विभिन्न स्थानमा गरेर १ सय ३२ जना क्वारेन्टाइनमा र २ जना आइसोलेशनमा राखिएको मुख्यमन्त्री र सामाजिक विकास मन्त्री समक्ष जानकारी गराएका थिए । कोरोना भाइरस जस्तो ज्यानमारा रोगको संक्रमण फैलन नदिन र आइसोलेशनमा रहेकाहरुलाई तदारुक्ताका साथ काम गर्न निर्देशन दिदै कामको कार्य विभाजन गर्न र कसैले पालना नगरे तत्काल कारवाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्री शाहीले निर्देशन दिनु भएको थियो ।
जिल्ला अस्पताल डोल्पाका मेडिकल सुपरिटेन्डेन्ट सिजन रावल र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आजैबाट आइसोलेशन कक्षको व्यवस्थापनमा कमी हुने नदिने र अबदेखिका कामहरु प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए । आइसोलेशन कक्षाको व्यवस्थापन गर्ने लगायतका विभिन्न कामका क्रममा भएका विभिन्न काम गर्ने क्रममा एक आपसमा समन्वय नभएको जस्तो गरी एकले अर्कोलाई आरोप प्रत्याआरोप समेत लगाएका थिए ।
सोमवारदेखि आइसोलेशनमा राखिएका २ जना कर्मचारीहरुको घाटीको स्वाब समेत संकलन गरी लगिएको छ । कोरोना भाइरसको संक्रमणको क्रममा आवश्यक तयारी र व्यवस्थापनका लागि जिल्ला विपत व्यवस्थापन समितिमा ५० लाख र जिल्ला अस्पताललाई २५ लाख पठाइएको र आवश्यक परे अरु बजेट समेत विनियोजन गर्न ढिला नहुने मुख्यमन्त्री शाहीले आश्वासन दिनु भएको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





