clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
पशुपती नाथ देखि फोक्सुण्डो बुलेट यात्रा सुरु
 
 
रेडियो डोल्पा एफ.एम.
   भक्तपुर, १५ कात्तिक – मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको सयुक्त आयोजनमा काठमाण्डौको पशुपती नाथ मन्दिर परिसर देखी नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो सम्म बुलेट मोटरबाईक यात्राको आयोजना गरिएको हो । यात्राको शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धनबहादुर बुढाले उद्घाटन गरेका छन् । 
   कर्णालीको पर्यटन प्रर्वधन र भिजिट नेपाल २०२० वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरहरुले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका छन् । उनीहरु काठमाडौबाट डोल्पाको दुनै सम्म बुलेट मोटरबाईकबाट पुग्ने छन् । त्यस पछि पैदल यात्रा गरी नेपाल कै गहिरो र विश्वको सुन्दर फोक्सुण्डो ताल पुग्ने योजना छ । 
   शुक्रबार बिहान पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले बुलेट बाईक राईडरहरुलाई सफल यात्राको शुभकामना दिदैं खादा लगाएर बिदाई गरे । विदाई गर्दै पर्यटन राज्यमन्त्री बुढाले नेपाल सरकारले मनाउन गईरहेको भिजिट नेपाल २०२० लाई यस मोटरसाइकल यात्रा कार्यक्रमले सहयोग पुग्ने बताए । उनले भने कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो । जब सम्म कर्णालीको पर्यटन क्षेत्रमा पर्यटकको रोजाई पर्न सक्दैन तबसम्म कर्णालीको विकासले गती लिन गाह्रो हुने बताए । पहिलो पटक यसरी डोल्पामा बुलेट राईडर भएको भन्दै खुशी समेत ब्यक्त गरे ।
   काठमाडौंबाट हिडेको राईडरको टोली पहिलो दिन दाङ, दोस्रो जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले जानकारी दिए । मोटरसाईकल र्यालीमा तेह्र ओटा मोटरसाईकल रहेका छन् । यस अघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो । नेपालको पर्यटन प्रवर्धनका लागी नासा क्लवले भर्खरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो ।
   जबसम्म केन्द्रिय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य स्थलहरु सम्म सडक संजालबाट जोड्न सकिदैन तब सम्म कर्णालीको पर्यटनले गती लिन गाह्रो हुने भएकाले पशुपती देखि फोकसुण्डो सम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
  बुलेट राईडलाई बिदाई कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परामर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहकार एवम् ज्योतिविकास बैकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवली, मनघरी फाउण्डेशनका सल्लाहकार डा. रविन खड्का, समाजसेवी एवम् निर्माण व्यवसायी संघ डोल्पाका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय, ठुलीभेरी नगरपालीकाका उपप्रमुख योगेन्द्रबहादुर शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जगबहादुर बुढा, पर्यटन ब्यबसायी जितेन्द्र झाक्रीले खादा ओढाएर विदाई गरेका थिए ।
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्