clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विकास बाँड्न सांसद गाउँगाउँमा
 
सुकमाया थापा
डोल्पा १५ कात्तिक - डोल्पा जिल्लाबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सांसदहरु यतिखेर आफ्नो निर्वाचन क्षेत्रका बिकट बस्तीहरुमा पुगेकाछन् । 
डोल्पा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद बिरबहादुर शाही र कर्णाली प्रदेशबाटै समानुपातिक सांसदको रुपमा प्रतिनिधित्व गर्नुभएकी सांसद बद्मीक्वारी बोहोरा गाउँगाउँमा पुगेर स्थानीयलाई विकास बाडि रहनु भएको छ । 
कर्णाली प्रदेश सरकारले प्रत्येक सांसदलाइ छुट्याएको सांसद निर्वाचन क्षेत्र बिकास कोषबाट जनतालाइ के कस्तो बिकास आवाश्यक्ता छ । उनिहरुले मागेको बिकास भुगोल र खर्चका हिसाबमा कति सम्भब छ, अन्य निकायबाट प्राप्त बिकास भएको ठाउँमा रकम दुरुपयोग गर्ने मनसायले बिकास मागिएको छ कि के छ, विकासको बजेट डुब्लिकेशन नगर्न आग्रह गर्दै सही विकासका लागि माग ल्याउन आग्रह गर्दै विकासका योजनाहरु बाडफांट गरिरहेको स्थानीयहरु बताउछन् । 
प्रदेश सरकारले आफ्नो निर्वाचन क्षेत्रमा विशेष निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष को ५ करोड र जनता सडक कार्यक्रम अन्तर्गत रकम १० करोड बजेट छ । प्रदेश सभा सदस्यको सिफारिसमा निर्माण हुने गरी जम्मा १५ करोड रकम बाँड्न सांसदद्धय गाउँगाउँमा पुगेर स्थानीयसँग छलफल गरिरहनु भएको छ ।
“गाउँमा कतिपय योजना बजेट परेर सम्पन्न भइसक्दा समेत मर्मतका नाममा पुनःबजेट पारेर रकम दुरुपयोग गर्ने परिपाटी छ, त्यस्तै बिकासका नाममा आएको बजेट झाराटारुवा बिकास गरेर रकम सक्ने पनि गरिने गरिएको छ । यि सबै कुराको चेतना दिन हामि गाउँगाउँ पुगेका हौँ” प्रदेश सभा सदस्य बीरबहादुर शाहीले भन्नु भयो ।
“म चुनावमा उम्मेद्धार चयन भइसके पछिनै मेरो लक्ष्य बिकासमा हुने भ्रष्टाचारलाइ नियमन गर्ने थियो, निर्वाचित भइसकेपछि पनि स्थानीय र प्रदेश सरकारका योजनाहरुमा प्रत्यक्ष निगरानि गरिरहेको छु, यदि कसैले बिकासमा भ्रष्टाचार गर्ने प्रयास गरे भने कसैलाइ छोडिन्न ।” प्रदेश सभा सदस्य शाहीले भन्नु भयो । 
“कर्णाली प्रदेशमा सबैभन्दा धेरै आफ्नो क्षेत्रमा पुग्ने सांसद मै हुँला, यसपटक पनि आफ्नो निर्वाचन क्षेत्रमा बिकास बाँडफाँडसँगै प्रदेश र स्थानीय तहका योजना अनुगमगर्न आएको हुँ” शाहीले दावी गर्नु भयो ।
कर्णाली प्रदेशमै सांसद निर्वाचन क्षेत्र बिकास कोषको रकम गाउँगाउँमा पुगेर सबैको सरसल्लाह र आवश्यक्ता पहिचान गरी बजेट बाड्ने सांसद म मात्रै हुँ भनेर सांसद शाहीले बताउनु भयो ।
सांसदद्धयले निर्वाचन क्षेत्रभित्र पर्ने त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकाका सम्पुर्ण गाउँबस्तीमा पुगेर बिकास बाँड्ने योजना बनाउनु भयको छ । 
आफुहरुले स्थानीय सरकारका प्रतिनिधि, युवा, बुद्धिजिवि र आम नागरिकसँग छलफल गरेर आवाश्यक्ताका आधारमा बिकास बाँडिएको बताउँदै भौतिक पुर्वाधार क्षेत्रलाइ जोड दिएर बिकास बाँडफाँड गरेको सांसद शाहीले बताउनु भयो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्