clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
टावरको सामान बाटोमै अलपत्र हुँदा गाउँपालिका संचार विहिन
 
सुकमाया थापा
डोल्पा १५ कात्तिक – मुड्केचुला गाउँपालिकाको अधलेखमा रहेको नमस्तेको टावर लाई सबैलाई सेवा पुग्ने ठाउंमा टावर निर्माण गर्ने भनेर ल्याएको सामान बिच बाटोमै अलपत्र परेको छ । मोवाइल टावरका बिभिन्न सामाग्रीहरु रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारमा अलपत्र फालिएको छ । सामानहरु खिया लाग्न थालेपनि त्यहाबाट निर्माणस्थलसम्म लिनका लागि उठाउन कसैको ध्यान गएको छैन् ।
टावरको सामाग्री ढुवानीको जिम्मा भारतिय आयस्था कम्पनीले जिम्मा पाए पनि समयमै सामान ढुवानी नगर्दा बाटोमै अलपत्र परेको मुड्केचुला गाउँपालिकाले जनाएको छ । दुइबर्ष देखि बिचबाटोमै सामान अलपत्र पर्दा गाउँपालिका सञ्चार विहिन भएको मुड्केचुला गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनी ब्यवास्ता गरेकोले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोडिने छ । मुड्केचुलाबासीले टेलिफोन टावर नहुँदा भोग्नु परेको समस्या चाँडै हलहुने गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताएका छन् ।
मुड्केचुलाबासीले सञ्चार सास्ती खेप्नु परेको बताउँदै छिट्टै ठेकेदारको खोजी गरेर टावर निर्माणमा लागि पर्ने प्रदेश सभा सांसद बिरबहादुर शाहीले प्रतिबद्धता जनाए । मोवाइल टावर नभएकै कारण एक ठाँउबाट अर्को ठाँउमा सुचना आदान प्रदानगर्न मान्छे कुदाउनु पर्ने अवस्था छ, जती अग्ला डाँडाकाँडा र रुख चढेपनि राम्रोसँग फोनले काम नगरेको स्थानीयहरुले बताउने गरेका छन् ।
सिंगो गाउँपालिका नै सञ्चार विहिन हुदाँ समेत स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले केही गर्न नसकेको भन्दै स्थानीयहरुले दुख ब्यक्त गर्ने गरेका छन् । गाउँपालिकाले अन्य बिकास भन्दा सञ्चार सेवाको बिकासमा जोड दिन स्थानीयले आग्रह गरेका छन् । फोन सम्पर्क नभएरै बिरामी कुनै अप्रिय घटना घटिहालेमा मृत्यू कुर्न बाहेकको अरु कुनै बिकल्प नभएको स्थानीय हरुको गुनासो रहेको छ । यो नमस्तेको टावर निर्माणका सामान ढुवानीका लागि गाउंपालिकाले पनि केही बजेट छुट्याएर दोहोरो ढुवानी खर्च भएको स्थानीयहरुले आरोप लगाउने गरेका छन् । यथार्थ भने खुल्न सकेको छैन । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्