समाचार तथा गतिविधि
सामाजिक विकास कार्यलय उद्घाटन्
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १५ कात्तिक – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेतले डोल्पा जिल्लामा शिक्षा, सामाजिक विकास, मुख्यमन्त्री रोजगार लगायतका काम गर्न सामाजिक विकास कार्यलय स्थापना गरेको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा प्रशासन, युवा तथा खेलकुद, सामाजिक विकास, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, श्रम तथा रोजगार, मूल्यमन्त्री रोजगार कार्यक्रम लगायतका जिल्लामा काम गर्नका लागि मन्त्रालयले गत भदौं ६ गने निर्णय गरी जिल्ला जिल्लामा सामाजिक विकास कार्यालय राख्ने निर्णय गरे बमोजिम शुक्रवार बेलुकी ४ बजेतिर डोल्पामा सामाजिक विकास कार्यालय डोल्पाको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र उद्घाटन कार्यक्रमको अध्यक्षता गरिरहेका जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले एक कार्यक्रमका माझ संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
प्रदेश सरकारबाट प्रदान गरीने शिक्षा लगायतका काम चुस्त दुरुस्त र छिटो छरितो सम्पन्न गरी नागरिकलाई सुशासन दिनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना भएको शुक्रवार उद्घाटन भएको सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख सामाजिक विकास अधिकृत धनञ्जय आचार्यले उद्घाटन कार्यक्रममा अतिथि एवम् उपस्थितहरुलाई स्वागत गर्दै बताएका हुन् ।
सामाजिक विकास मन्त्रालयले दिने सेवा तथा विकासका कामका लागि प्रदेश राजधानी सुर्खेत मै धाउनु पर्ने बाध्यता र झन्झट रहने मात्र होइन निकै कठिनाई रहने गरेको अनुभवका आधारमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले डोल्पाली जनताहरुलाइ सहज हुने गरी जिल्लामै कार्यालय खोलेकोमा कार्यक्रमको अध्यक्षको तर्फबाट समापन मन्तब्य राख्दै जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले बताए । उनले काम गर्ने कर्मचारीहरुले निश्पक्ष भएर जनताको सेवा प्रवाह गर्न आग्रह गरे ।
ठुलो र कठिन भूगोल भएको कर्णाली प्रदेश सरकारले सुर्खेतबाट जिल्ला जिल्लामा सेवा सुविधा पुर्याउन निकै कठिन भएको महसुस गरी सबै जिल्लामा तोकिएका काम गर्नका लागि, नागरिक तथा सेवाग्राहीहरुको पहुच बढाउन, सेवा लिन सजिलो बताउनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको र यसबाट सेवा प्रवाहमा निकै सहज हुने कर्णाली प्रदेश सरकारले आशा राखेको कार्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । उनले थपे केही समस्या भयो भने कर्णाली प्रदेश सम्बन्धित निर्देशनालय र मन्त्रालय हुदै सरकार समक्ष पठाउन समेत आग्रह गरेका छन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





