समाचार तथा गतिविधि
मन्त्रीद्धारा ब्यास ऋषि तिर्थ दर्शन
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १० कात्तिक – डोल्पाको चर्चित तिर्थ ब्यास ऋषिमा निर्माण भएको मन्दिरको आइतवार हेलिकोप्टरमा पुगेका कार्णाली प्रदेशका पर्यटन मन्त्रीले अवलोकन गरेका छन् ।
काइके गाउंपालिकाको ६ र ७ वडा अन्तर्गत रहेको ब्याष ऋषी तिर्थ स्थलमा १० लाखमा मन्दिर र २० लाखमा धर्मशाला गरी जम्मा ३० लाखमा मन्दिर र धर्मसाला निर्माण गरिएको काइके गाउंपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए ।
धर्मसाला निर्माणको लागि संघीय सरकारबाट २० लाख र कर्णाली प्रदेश सरकारबाट तिर्थस्थलमा मन्दिर निर्माणका लागि १० लाख गरी जम्मा ३० लाख बजेटमा निर्माण कार्य सम्पन्न गरिएको थियो । निर्माण गरिएका ती संरचनाहरुको आइतवार हेलिकोप्टरमा तिर्थस्थल पुगेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफैले अवलोकन गरे । निर्माण भएका मन्दिर र धर्मशालाको अवलोकन गर्नुका साथै ठुलो तपोभूमिका रुपमा मानिएको ब्याष ऋषी तिर्थको दर्शन पनि गरेका छन् ।
परापुर्वक काल देखी नै हिन्दुहरुको पवित्र धार्मिक तथा तिर्थ स्थलका रुपमा परिचित हुंदै आएको ब्याष ऋषि तिर्थ स्थलमा १ कोठाको मन्दिर निर्माण भएको छ भने उक्त तिर्थ जाने भक्तजनहरुको बास बस्नलाइ सहज होस भनि ५ कोठाको धर्मशाला निर्माण गरिएको छ । यो ब्याष ऋषि तिर्थ स्थल डोल्पाको ऐतिहासिक महत्व बोकेको तिर्थ स्थल हो ।
प्रत्येक वर्ष साउन पुर्णि तथा तिर्थे पुर्णिमाको उबेलीमा डोल्पा मात्र होइन छिमेकी जिल्लाहरुबाट पनि देवि देवताहरुलाइ ब्याष ऋषि तिर्थमा लगेर नुहाइधुवाई गरेर सुद्ध गरी ल्याइन्छ । तिर्थे पुर्णिमा उबेली तथा शुल्क पक्ष सुरु भएदेखि नै चतुर्दशीका दिनसम्म यस तिर्थमा पुगि नुहाई धुवाई गर्नुका साथै देवताका बाजिताहरु पनि त्यहांको पानीले सफा गरेर पवित्र बनाइ ल्याउने ऐतिहासिक परम्परा रहेको छ । उक्त तिर्थ जांदा ढुङ्गगाको देउलिमा पुजाआजा गरी तिर्थालु भक्तजनहरु पmर्कने गर्दथे । अब मन्दिर निर्माण भएपछि मन्दिरमा पुजा गर्न पाउने भएका छन् ।
पवित्र र बहुचर्चित ब्याष ऋषी तिर्थमा स्नान गर्न जाने बेलामा तिर्थालुहरुलाइ बास बस्न समस्या हुने गरेको थियो । तिर्थालुहरु बास बस्न समस्या न होस् भनि ब्याष ऋषि भन्दा तल बिच बाटोमा ५ कोठाको धर्मशाला निर्माण गरीएको हो । अब तिर्थ जांदा बास बस्न पुजापाठ गर्न सहज हुने भएपछि स्थानीयहरुमा खुशी छाएको छ । यस्ता ऐतिहासिक पर्यटकिय धार्मीक एवम सांस्कृतिक महत्व बोकेका सम्पदाहरुको संरक्षण गर्नु आजको आबश्यकता भएको रोकायाले बताउनु भयो ।
मन्त्री बुढा हेलिकोप्टरबाट आइतवार विहान सुर्खेतबाट दुनै साढे ८ बजेतिर पुगेका थिए । दुनैबाट हेलिमा ब्याष ऋषी तिर्थ पुगेर तिर्थ स्नान गर्नुका साथै निर्मित मन्दिर र धर्मशालाको अवलोकन समेत गरेका थिए । हेलिकोप्टरमा त्यहां पुगेको मन्त्रीको टोलीलाई स्थानीयहरुले खादा लगाई भव्य स्वागत गरेका थिए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





