clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध
 
रेडियो डोल्पा एफ.एम.
डोल्पा ९ कात्र्तिक
अवसर छोपेर अपराधिक क्रियाकलाप नहोस् भन्ने हेतुले तिहारको बेला खेलिने देउसी भैलो राति १० बजे पछि खेल्न जिल्ला प्रशासन कार्यलय डोल्पाले रोक लगाएको छ  । नाच गान गर्ने, देउसि भैलो राती १० बजे भन्दा पछाडि नगर्न जिल्ला प्रशासन कार्यलय डोल्पाले एक सूचना जारी गरी सबैमा आग्रह गरेको छ । 
चाडवाडका समयमा रमाइलो गर्ने मादक पदार्थ सेवन गर्ने अनावशेक हो हल्ला गर्ने जस्ता क्रियाकलापले समुदायको शान्ती पुर्ण वातावरण खलबलिने हुदा र झै भगडा हुने, विभिन्न अपराधहरु हुन सक्ने भएकाले राति १० बजेपछि देउसी भैलो खेल्न बन्द गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । 
तिहारको बेला पटका अतिसबाजि जस्ता विस्फोटक पदार्थ नपट्काउन र बिक्रि वितरण नगर्न सम्पुर्ण व्यापार व्यवसायीहरुलाइ जिल्ला प्रशासन कार्यालय डोल्पाले आग्रह गरेको छ । साथै अत्याधिक मात्रामा खेलीने जुवा तास झण्डी खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनु भयो । 
यदि कसैले सचेत गराउदा गराउदै पनि अटेरगरी कानुन विपरीत काम गर्न खोजेमा कानुन अनुसारकोे कारबाही गरीने पनि प्रजिअ केशरीले बताउनु भयो ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्