समाचार तथा गतिविधि
लेक लागेका विदेशी पर्यटकको उद्धार
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ९ कात्तिक – माथिल्लो डोल्पाको मुकोट ताल पुगेर लेक लागी विरामी परेका २ जना जर्मन नागरिक तथा विदेशी पर्यटकहरुको शनिवार दिउसो हेलिकोप्टरबाट उद्धार गरेर काठमाण्डौं लगिएको छ ।
माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउंपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागि विरामी परेका २ जना जर्मन नागरिकलाई शनिवार दिउसो हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
जैविक विविधताले भरिपूर्ण विश्व कै अनुपम र रमणिय भूमि माथिल्लो डोल्पा अवलोकन गर्न आएका २ जना जर्मन पर्यटकहरु छार्का ताङसोङ गाउंपालिकामा पर्ने मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर विरामी परेकाले उद्धार गर्नु परेको हो । उद्धार गरिएका विरामी विदेशी पर्यटकहरुको उद्धार अनुमति पत्रको फोटोकपीमा राम्रोसंग नबुजिएकाले नाम दिन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक खस्टप्रसाद खकुरेलले बताए ।
यस मौसममा डोल्पाको विविधतापूर्ण भूगोल र नेपालकै गहिरो फोक्सुण्डो ताल र फोक्सुण्डो झर्ना लगायतका विभिन्न ताल, झर्नाहरु लगायतका प्राकृतिक सम्पदाहरुको अवलोकन गरी आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड बढेको छ । विदेशी पर्यटकहरुले माथिल्लो डोल्पासम्मको यात्रा गर्ने गरेका छन् भने अधिकांश स्वदेशी पर्यटकहरु फोक्सुण्डो ताल र फोक्सुण्डो झरनाको अवलोकन गरी आनन्द लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी केशरीले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





