समाचार तथा गतिविधि
डोल्पामा पहिलो दुग्ध डेरी स्थापना भएको छ
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ६ कात्तिक – डोल्पाको जगदुल्ला गाउंपालिकाका कृषकहरुले उत्पादन गर्ने दुध संकलन गरी डेरीका रुपमा राखेर दुध नहुनेहरुलाई वितरण गर्नका लागि डोल्पाकै पहिलो दुग्ध डेरी स्थापना गरिएको छ ।
जगदुल्ला गाउंपालिकामा संचालनमा रहेको भालुपाटन व्यवसायी चौरी फर्म समूहद्धारा दुग्ध डेरी स्थापना गरी बुधवार उक्त डेरीको उद्घाटन गरिएको हो । जगदुल्ला गाउंपालिकाको केन्द्रमा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको भालुपाटन व्यवसायी चौरी पालन समितिले स्थापना गरेको दुग्ध डेरी बुधवार कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाही र बद्मी क्वांरी वोहोराले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
चौरी नासिदै गएको बेला जगदुल्ला गाउंपालिकाको ३२ लाख र कर्णाली प्रदेश सरकारको ५० लाखको लगानीमा जगदुल्ला गाउंपालिका ४ चौरीकोटमा भालुपाटन व्यवसायी चौरी फर्म स्थापना भएको थियो । उक्त बजेटबाट चौरीहरु किनेर पालिएको छ ।
त्यो चौरी फर्म र जगदुल्ला गाउंपालिका भित्रका कृषकहरुले पालेका भैसी तथा चौरीको दुध संकलन गरेर व्यवसायिक रुपमा डेरी स्थापना गरी सबैलाई नियमित रुपमा दुध तथा दुधबाट उत्पादित बस्तु वितरण गर्ने उद्देश्य रहेको जगदुल्ला गाउंपालिकाका अध्यक्ष नारसिंह रोकायाले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





