clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मोटरसाईकल दुर्घटनामा एक जना मृत्यु र एक जना घाईते
 
लेखबहादुर बुढा
   डोल्पा, ६ कात्तिक – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरदेखि सदरमुकाम दुनै आउने क्रममा भित्तिमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 
   त्रिपुराकोट–दुनै सडक खण्ड अन्तरगत त्रिपुरासुन्दरी नगरपालीका वडा नं. १ बाट दुनै तर्फ आउदै गरेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकाको सिमानामा पर्ने भित्ती देखि पारिपट्टि त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ मा पर्ने भित्ति डांडामा बुधवार विहान ८ बजेतिर भे ८ प ९१५६ नंम्वरको मोटरसाईकल दुर्घटना हुदा जुम्ला जिल्ला घर भै डोल्पाको ठुलीभेरी नगरपालीका वडा नं. ३ दुनैमा वसोवास गर्दै आएका अन्दाजी २४ बर्षका ज्ञानबहादुर बुढाको ज्यान गएको छ । भने ठुलीभेरी नगरपालीका वडा नं. १ थालाका मोटरसाईकल चलाइ रहेका अन्दाजी २४ बर्षका काजिमान वि.क घाईते भएका छन । 
   मोटर साईकल अनियन्त्रीत भै सडकबाट करिव १० मिटर तल खसेको र दुवैलाई जिल्ला अस्पतालमा उपचार गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार ज्ञानवहादुर बुढालाई जिल्ला अस्पताल डोल्पाले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी निरिक्षक सुवराज बमले जानकारी दिए । उक्त मोटरसाईकल ठुलीभेरी नगरपालिका ६ माझफालका पदम बुढाले किनेको तर आफ्नो नाममा नामसारी नभएको बताईएको छ । 
   डोल्पाको सदरमुकाम दुनैसम्म मोटरबाटोको ट्रयाक खुले पछि मोटर साइकल र जीपहरु विभिन्न पटक दुर्घटना हुने गरेका छन् । कच्ची सडक भएका कारण नियन्त्रीत रुपमा सवारी साधन चलाउनु पर्नेमा त्यसो नगर्दा सवारीहरु दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले नियन्त्रण गर्न खोज्दा पनि चालकहरुले नमानेकाले पनि दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्