clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
घोराखोरमा चौरी स्रोत केन्द्र उद्घाटन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ५ कात्र्तिक – त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ को बस्ति वंतडीको घोराखोर भन्ने ठाउंमा रहने गरी चौरी फर्मका रुपमा चौरी स्रोत केन्द्र स्थापना गरिएको छ । 
   चौरी फर्म बन्द भएको लामो करिव २६ वर्ष पछि घोराखोरमा चौरी स्रोत केन्द्र स्थापना गरी उत्घाटन गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाहीको प्रमुख आतिथ्य र यही प्रदेश सभा सदस्य बद्मी क्वारी वोहोराको आतिथ्यमा उक्त चौरी स्रोत केन्द्र उत्घाटन गरिएको हो ।
   कर्णाली प्रदेश कृर्षि विकास तथा सहकारी मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको थियो । उक्त १ करोड मध्ये ८७ लाख बजेटबाट चौरी स्रोत केन्द्र निर्माण गरीएको छ । बांकि १३ लाख प्रशासनिक खर्चमा छुट्याइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय  डोल्पाका प्रमुख चन्द्रलाल धरालाले बताएका छन् ।
   पंचायती शासन २०३६ सालमा स्थापना भएको चौरी फर्म २०५० मा नेपाली काँग्रेस तथा तत्कालिन सरकारले विगठन गरिदिएको थियो । त्यस पछि पटक पटक स्थानीयको अनुरोध र लामो पहल पछि कार्णाली प्रदेश सरकार कृर्षि विकास तथा सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यलय डोल्पा मार्फत पुनः चौरी स्रोत केन्द्रको रुपमा चौरी फर्म स्थापना गरीएको छ ।
   त्रिपुरासुन्दरी नगरपालिका ११ नं. वडाबासि जनसमुदायको समिति बनाई उनीहरु मार्फत नयां संरचना तयार गरेर स्थापना गरीएको चौरी स्रोत केन्द्रका लागि ३१ वटा चौरीहरु किनिएको छ । ५ गोठालाहरु नियुक्त गरिएका छन् र चौरी को बासको लागि ठुला २ कोठाको गोठ बनाइएको छ भने ३ कोठाको स्रोत केन्द्र कार्यालय र एउटा शौचालय निर्माण गरीएको घोराखोर चौरी स्रोत केन्द्र समितिकी अध्यक्ष देवि घर्तीले बताइन् । 
   चौरी स्रोत केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बिरबहादुर शाही र कर्णाली प्रदेश सभा अर्का सदस्य बद्मी क्वारी वोहोराले संयुक्त रुपमा रिवन काटेर र व्यानर खोलेर चौरी स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन मन्तव्यमा प्रदेश सभा सदस्य शाहीले दुखले स्थापना गरिएको चौरी स्रोत केन्द्र जोगाएर राख्नु पर्ने बताउदै र केन्द्रलाइ प्रदेश सरकारले सकेजति सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्यद्धय बिरबहादुर शाही र बदमी क्वारी वोहोरा, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, जगदुल्ला गाउंपालिकाका अध्यक्ष नारसिंह रोकाया, त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु, नेकपा डोल्पाका सचिव मालबहादुर रोकाया, सम्बन्धित निकायका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु र स्थानीयबासिहरुको उल्लेख्य उस्थिती रहेको थियो ।
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्