clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सूचनाको हक सम्बन्धी अन्तक्र्रिया
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ४ कात्तिक – सूचनाको हक प्रयोग गर्नबाट निकै पछि रहेको डोल्पाली समाजलाई सचेत बनाउन र सरकारी सूचना प्रवाहलाई सहज बनाउनका लागि सूचनाको हक सम्बन्धी अन्तक्र्रिया सम्पन्न गरिएको छ । 
   जिल्ला प्रशासन कार्यालय डोल्पाको संयोजन र राष्ट्रिय सूचना आयोगको आयोजनामा दुनैमा सूचनाको हक सम्बन्धी सरोकारवालाहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 
   सकेसम्म सूचना दिनु नपरोस भन्ने मानसिकता बोकेका सरकारी निकायहरु र थोरै नागरिकहरु तथा सरोकारावालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको नागरिक समासज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । उनले थपे सरकारी निकायहरुलाई त जानकारी छ नी सूचना दिनु पर्छ भन्ने तर दिइरहेका छैनन् । 
   सबै तहका सरकार तथा सरकारी निकायहरुले सूचना दिन कन्जुस्याई गरिरहेको बेला सूचना लिन उत्प्रेरित तथा सेचत गराउनका लागि कार्यक्रम संचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । सूचना दिनु पर्ने र सूचना नदिए सूचना नदिने निकाय तथा अधिकारी माथि के कारवाही हुन्छ भन्ने जानकारी दिनका लागि समुदाय स्तरमै यस्ता सूचनाको हक सम्बन्धी कार्यक्रम चलाउनु पर्ने मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र के.सी.ले बताए । 
   सोमवार जिल्ला प्रशासन कार्यालय डोल्पाको पहलमा जिल्लाका सरकारी कार्यालयहरु र केही सरोकारवालाहरुको उपस्थितिमा राष्ट्रिय सूचना आयोगले कार्यक्रम गरेको थियो । कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र सरोकारवाला निकाय नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, डोल्पा उद्योग वांणिज्य संघका अध्यक्ष लालिमान बुढा र मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र के.सी. समेतको उपस्थिति रहेको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्