clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
उपनिर्वाचनका लागि तयारी तिब्र
रेडियो डोल्पा एफ.एम.
काठमाडौं, ४ कात्तिक – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि तयारी तिब्र बनाएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत नियुक्त गरिसकेको छ । 
आयोगले न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदहरूमध्ये प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन प्रयोजनका लागि नियुक्त हुनुभएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कात्तिक १३ र १४ गते आयोगले उपनिर्वाचनसम्बन्धी निर्दे्शिकाका विषयमा प्रशिक्षण दिइने बताउनुभयो । प्रशिक्षण पाएपछि उहाँहरुले सम्बन्धित क्षेत्रमा गएर कात्तिक १५ गते कार्यालय स्थापना गर्नु हुने छ । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्