समाचार तथा गतिविधि
कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउन कृषि मेला सम्पन्न
रेडियो डोल्पा
डोल्पा, २ कात्तिक – कृषकहरुलाई प्रोत्साहित गरेर कृषि उत्पादन तर्फ आकर्षित गराई कृषि बस्तुहरुको उत्पादन बढाई जिल्लालाई सम्पन्न तथा आर्थिक रुपमा समृद्ध जिल्ला बनाउने उद्देश्य राखेर आयोजना गरिएको जिल्ला स्तरीय कृषि मेला प्रदशनी सम्पन्न भएको छ ।
जिल्लामा उत्पादन हुने कृषि उपजहरुको पदर्शन गराई कृषकहरुलाई ती बाली उत्पादन गरी आर्थिक उपार्जन तर्फ आकर्षित गर्ने उद्देश्यका साथ गत बिहिवारबाट दर्ता गरी शुक्रवार र शनिवार प्रदर्शन गरिएको जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा सहभागि विभिन्न बाली समूहलाई पुरस्कृत गर्दै मेला सम्पन्न भएको छ ।
कृषि मेला प्रदर्शनीमा मूल्याङ्कन हुंदा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने कृषकहरुलाई क्रमशः ३ हजार, २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगर पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कृषि सहकारी समूहहरुलाई सहभागिताका आधारमा प्रति सहकारीलाई ५ हजारका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त पुरस्कार तथा प्रमाणपत्रहरु कृषहरुलाई मेला समापन समारोहका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाही, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, जगदुल्ला गाउंपालिकाका अध्यक्ष नारसिंह रोकाया लगायतको हातबाट वितरण गरिएको मेला आयोजक कृषि विकास कार्यालय डोल्पाका प्रमुख भिमबहादुर धरालाले जानकारी दिए ।
जिल्ला स्तरीय कृषि मेला प्रदशनी कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रदेश सभा सदस्य वीरबहादुर शाहीले सम्पूर्ण कृषकहरुलाई आफ्नो उत्पादन बढाउन दत्त चित्त भएर लाग्न आग्रह गर्दै यसमा आफ्नो हरतरहको सहयोग रहने आश्वाशन दिएका थिए ।
मन्तव्यका क्रममा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले कृषकहरुले आफ्ना उत्पादनहरु अत्याधिक मात्रामा बढाउनु पर्ने बताउदै मोटरबाटोको ट्रयाक खुले पनि पुलहरु नलागेसम्म कृषि उत्पादनहरु निर्यात गर्न निकै कठिन भएका कारण प्रदेश र संघीय सरकारले छिटो भन्दा छिटो भेरी करिडोर तथा जाजरकोट–दुनै मोटरबाटोमा पर्ने नदि र खोलामा पुल निर्माण गरी बाटो पक्कि गरिदिन आग्रह गरेका थिए । उनले थपे जब गाडि यहांबाट सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा निर्वाध आवतजावत गर्ने भए भने डोल्पाका कृषि उत्पादनले बजार पाउने छन् । कृषकहरुले पनि यताउता केही नहेरीकन उत्पादन बढाउनु पर्छ अब मोटर गाडीहरु आए भने के पठाउने भन्ने सोचेर गाडीहरु कृषि उत्पादनले भरेर पठाउने गरी कृषि उत्पादनमा कृषकहरुको ध्यान केन्द्रि हुनु पर्छ ।
जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी भए पनि यातायातका कारण टाढाका कृषकहरुले आफ्ना उत्पादनहरु मेला ल्याउन सकेनन् । ८ वटा स्थानीय तहहरु मध्ये ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउंपालिकाका कृषकहरुले मात्र कृषि मेला प्रदर्शनीमा सहभागिता जनाएका थिए ।
कृषि मेला प्रदर्शनीमा ७ वटा कृषि सहकारीहरु, फलफूल बाली समूहबाट ४४, तरकारी बाली समूहबाट ३२, खाद्यन्न बाली समूहबाट २१, नगदे बाली समूहबाट ४२, तेलहन बाली समूहबाट १८, रैथाने बाली समूहबाट ९ वटा र विविध बाली समूहबाट २९ कृषकहरुले प्रदर्शनीमा सहभागिता जनाएको कृषि विकास कार्यालय डोल्पाका प्राविधिक सहायक बुद्धिबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार बाली समूह अनुसार सहभागि कृषकहरुलाई प्रथम, द्धितीय, तृतीय र सान्त्वना, सहभागी सहकारी तथा कृषक समूहहरुलाई सहभागि प्रोत्साहन पुरस्कार गरेर २ लाख ६६ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
कृषि मेला प्रदर्शनीमा सयौंले अवलोकन गरेका छन् । अवलोकन कर्ताहरुले प्रदर्शनी हेर्दा निकै उत्साह थपेको बताएका छन् । किनकी प्रदर्शनीमा प्रदर्शन गरिएका बालीहरु हेर्दा डोल्पामा उत्पादन नहुने केही पनि नभएको अनुभव गराएको बताएका छन् । हलुवाबेद, किवी सम्मका बालीहरु प्रदर्शन भएको देख्दा डोल्पाली कृषकहरुले चाहने हो भने सम्पूर्ण बालीहरु उत्पादन गरी निर्यात गरेर आर्थिक लाभ उठाउन सक्ने अवसर रहेको छ ।
कृषि मेला प्रदर्शनी र यसको समापन कार्यक्रम जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो । मेलामा प्रदेश सभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, कृषक र कृषक समूह, सहकारीहरुको सहभागिता रहेको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





