clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
चिनियाँ राष्ट्रपति सीको काठमाडौंमा भव्य स्वागत
 
रेडियो डोल्पा एफ.एम.
 काठमाडौं, २६ असोज – जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपरान्ह काठमाडौं आइपुगेका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्ष पछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लागेका हुन् । 
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । राष्ट्रपति सी विमानस्थलमा अवतरण गरे लगत्तै राष्ट्रपति भण्डारीले उनलाई स्वागत गरेकी हुन् । सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी उर्मा ओली सहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको थियो । 
राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थल मै सलामी अपर्ण गरेको थियो । 
विमानस्थलमै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । त्यसैगरी, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब, सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटा सहितका मन्त्रीहरुको पनि उपस्थित थियो । 
राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणको ठूलो उपस्थित रहेको थियो । 
चिनियाँ राष्ट्रपति सीले शनिवार साँझ राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट वार्ता गरेका थिए । त्यस्तै उनले शनिवार साँभैm प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गरेका थिए । 
त्यस्तै चिनियाँ राष्ट्रपति सीको सम्मनमा राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा उनी सहभागि भएका थिए । सो अबसरमा नेपाली सांगीतिक टोली सुरसुधाले राष्ट्रपतिको सम्मानमा सांगीतिक प्रस्तुती गरेको थियो । 
त्यस्तै आइतबार बिहान राष्ट्रपति सी ले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुका साथै मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनुका साथै नेपाल र चीनबीच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए । आइतवारै राष्ट्रपति सी स्वदेश फर्केका छन् । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्