clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
प्रहरी दिवसको अवसरमा प्रहरीको मनोवल उच्च राख्न पुरस्कृत गरिएको छ
 
 
सुकमाया थापा
डोल्पा २४ असोज - नेपाल प्रहरीको ६४ औँ प्रहरी दिवस को अवसरमा कार्यरत प्रहरीहरुको मनोवल उच्च राख्नका लागि १० जना प्रहरीहरुलाई पुरस्कृत गरिएको छ । त्यसै गरी प्रहरी चौकी स्थापना गर्नका लागि जग्गा दान गर्ने दाताहरुलाइ पनि सम्मान गरीएको छ । जिल्ला प्रहरी कार्यलय डोल्पाको आयोजनामा शुक्रवार भएको ६४ औँ प्रहरी दिवसको अवसरमा उक्त पुरस्कार वितरण र सम्मान गरिएको हो । दिवसको अवसरमा अमर प्रहरीको प्रतिकमा सलामी र पुष्पगुच्छा अर्पण लगायत विभिन्न कार्यक्रम गरिएको थियो । कार्यक्रममा डोल्पा जिल्लाको धो र जुफालमा प्रहरी चौकी राख्नको लागि जग्गा दान गर्ने जग्गा दताहरुलाइ आज सम्मान गरीएको हो । जग्गादाता सोनाम ढाक्पा गुरुङ, जितबहादुर शाही, लगाएतलाई सम्मान गरिएको हो । 
यसै गरी आफ्नो काममा प्रोत्साहित गराई राख्नका लागि राम्रो काम गर्ने एवम् कर्मनिष्ठ भएर काम गर्ने प्रहरी निरिक्षक सुबराज बम लगाएत १० जना प्रहरी कर्मचारीहरुलाइ पुरस्कृत गरीएको थियो । प्रहरी दिवसको अवसरमा आयोजना गरीएको व्याटमेन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरीएको थियो । यसका साथै अमर प्रहरीका सन्तानलाई ५ हजार छात्रावृद्धि प्रदान गरिएको थियो । 
दिवसका अवसरमा भुतपुर्व प्रहरी अधिकृत तथा जवानहरु बागबहादुर महतारा, तुलबहादुर शाही, प्रेमबहादुर शाही, टेकबहहादुर रोकाया, लोकबहादुर शाही, सुर्यबहादुर रोकाया, चन्द्रबहादुर रोकाया, नन्दबहादुर रोकाया, दानप्रसाद गिरी, गनेशबहादुर शाही, जुने सार्की लगाएतका पुर्व कर्मचारीहरुलाइ सम्मान गरीएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले शान्ति सुरक्षा कायम गर्न समाजमा घट्ने अपराध नियन्त्रण गर्न प्रहरीले दिन रात न भनि अहोरात्र खटिएकोमा प्रशंसा गर्दै  आम नागरीककै सुरक्षाका लागि प्रहरी संगठनको स्थापना भएको र सम्पुर्ण पेशा व्यवसाय र आम नागरीकहरुले प्रहरीलाइ साथ सहयोग गनुपर्ने बताउनु भयो । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले दिवसको अवसरमा सम्पूर्ण प्रहरी परिवारलाई शुभकामना व्यक्त गर्नु भएको थियो । उनले प्रहरीमा लोकतान्त्रिकरण हुनु पर्ने बताउनु भएको थियो । 
सम्पुर्ण सम्मानित पुर्व कर्मचरी जग्गा दाता, र कर्मनिष्ट भएर आफ्नो कतव्र्य निर्बाहा गर्ने कर्मचारी, उपस्थितहरु सबैमा शुभकामना दिदै सबै देश र जनताको सुरक्षा गर्ने आम नागरीकको दायित्व भएको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले बताउनु भयो ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्