समाचार तथा गतिविधि
वडा कार्यालयमा आगजनि सबै ध्वस्त
सुकमाया थापा
डोल्पा, २० असोज – नेकपा(चन्द) समूहले विभिन्न कार्यालयहरु आगजनि गर्दै आएको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. २ को कार्यालयमा गए राति अज्ञात व्यक्तिले आगो लगाई सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
गएको राति अबेर त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ को रुम स्थित रहेको भवनमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । भवनमा आगो लगाएका मात्र होइन वरपरबाट सामान र फर्निचरहरु ल्याएर वडा कार्यालयको मुख्या कोठा अगाडि राखेर आगो लगाएको देखिएको रुमबाट पत्रकार सुकमाया थापाले जानकारी दिइन् ।
वडा कार्यालयमा आगो लगाइए पछि वडामा रहेका सम्पूर्ण कागजात लगायत सम्पूर्ण श्रेष्ताहरु, फनिचरहरु र कार्यालय भवन सबै जलेर ध्वस्त भएको विहानै जलेको भवनमा पुगेका उक्त वडाका अध्यक्ष नन्दबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रहरी र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विहानै खबर गरिएकाले सुरक्षा निकायहरु घट्ना स्थल आउने क्रममा रहेको छ । यो वडा रहेको स्थान रुम शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र भित्र पर्ने भएकाले निकुञ्जलाई खबर गरिएको वडा अध्यक्ष नन्दबहादुर थापाले बताएका छन् ।
वडा कार्यालयमा आगोलागि भएको खबर पाउने वित्तिकै त्रिपुराकोट प्रहरी चौकीबाट प्रहरी टोली घट्नास्थल तर्फ हिडिसकेको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले बताए । उनले भने, प्रहरी घट्नास्थल पुगेर सबै अध्ययन गरे पछि कस्ले गरेको हो के भएको हो बिस्तृत जानकारी आउला ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





