clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बलात्कार प्रयासको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ,

 रेडियो डोल्पा समाचारदाता

   काठमाडौँ, १९  असोज – बलात्कार प्रयासको आरोपमा निवर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका सांसद महरालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारको न्यायीक हिरासतमा राखिएको छ।

   आइतबार साँझ ६:१५ बजेतिर सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका उनलाई सिंहदरबार बृत्तमा राखिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्लाका अन्य प्रहरी युनिटको हिरासत भन्दा सिंहदरबारको हिरासत केही सुविधायुक्त छ ।

सोही कारण महरालाई पनि त्यहीँ राखिएको प्रहरी स्रोतले जनाएको छ । यसअगाडि पनि भिआईपीहरु पक्राउ पर्दा त्यहीँ बृत्तमा राखिने गरिएको थियो।
महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको प्रहरी टोलिले महरालाई सभामुखको सरकारी निवासमै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जी दिएपछी महरालाई सरकारी निवासबाट पक्राउ गरि महराले यस अघि चढ्ने गरेको निजि रातो कारमा राखेर सिंहदरबार बृत्तमा पुर्याइएको हो ।
आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
असोज १२ गते राति महराले आफूलाई बलात्कारको प्रयास गरेको भनी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।
तर, त्यसको भोलिपल्टै बयान फेर्दै महरा आफ्नो बाबु समान रहेको र आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् ।
यद्यपी, सभामुख महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शनिवार पीडित शाहीले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
आरोप लागेसँगै असोज १४ गते मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
फौजदारी कसुरमा अदालतको पक्राउ आदेशसंगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्नेछ। यो संगै उनी प्रतिनिधि सभा सदस्यबाट स्वतः निलम्बन हुनेछन्।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्