समाचार तथा गतिविधि
दुर्गा भवानी र महाकालीको घरघरमा पुजा
रेडियो डोल्पा समाचारदाता
डोल्पा, १९ असोज – बडा दशैको आठौं दिन आज हिन्दुहरुले शक्ति स्वरुपा दुर्गा भगवति माता र महाकालीको विधिपूर्वक पुजाआजा गरिएको छ । बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा आज राति १२ बजे विधिपूर्वक बलि दिएर महाकालीको पुजा गरिन्छ ।
नेपाली हिन्दुहरुले आज बेलुकी घरघरमा बलि दिने चलन छ । नवदुर्गा भवानीको पुजाका क्रममा विभिन्न हतियारहरुको समेत पुजा गर्ने चलन छ । विभिन्न प्रसाद तयार गरिन्छ । बलि दिइन्छ । भोग चडाएको ठाउंमा नौ वटा बत्ति बालेर पुजा गर्ने चलन छ । यसका साथै बलि दिने बेला कुपिण्डो, कांक्रा र फर्सि जस्ता फलहरुको नमुना बनाएर बलि दिने चलन रहेको छ । यस्ता बलि पुजा स्थान र प्रत्येक ढोका ढोकामा दिने चलन रहेको सर्मीबाट लंकबहादुर बुढाले फोनमा बताउनु भयो ।
यस प्रकार मध्य डोल्पाका कालिका, नर्कु, इल, सुर, सर्मी, ओक्ट, होर्त, छांचु, रिमी, मध्य डोल्पाका ल्हां, पाहाडा, लिकु, त्रिपुराकोट, रंग लगायतका गाउंबस्तिहरुमा नवदुर्गा भवानी र महाकालीको पुजा गर्ने चलन परापूर्व कालदेखि चल्दै आएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





